सार्वजनिक पदाधिकारीले कोसेली वा उपहार लिन नपाउने

Logo
Red FM बुधबार, चैत्र २८, २०८०

विराटनगर — जिल्ला प्रशासन कार्यालय लमजुङले सार्वजनिक पद धारण गरेका व्यक्ति वा पदाधिकारीलाई मदिरालगायत महँगा उपहार, कोसेली वा कुनै पनि लाभ स्वीकार नगर्न आग्रह गरेको छ ।

सार्वजनिक पदाधिकारीसँगको औपचारिक–अनौपचारिक भेटघाटमा संलग्न व्यक्ति तथा निकायहरुले मदिरालगायत महँगा उपहारहरु लिने तथा दिने गरेको गुनासो प्राप्त भएको भन्दै सार्वजनिक पद धारणा गरेका सबैलाई आचारसंहिताको पालना गर्न प्रशासनले आग्रह गरेको हो ।

प्रशासन कार्यालयले मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै आफू बहाल रहेको पदअनुसार सम्पादन गर्नुपर्ने कुनै कामको लागि कुनै राष्ट्रसेवक वा परिवारको कुनै सदस्य वा अरु कसैद्वारा कुनै प्रकारका उपहार, कोसेली वा कुनै किसिमको लाभ स्वीकार गर्ने कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार दण्डनीय भएकोले यस विपरीतका कुनै पनि गतिविधिमा संलग्न नहुन अनुरोध गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलद्वारा जारी सूचनामा ‘पदीय दायित्वसँग सम्बन्धित विषयमा कार्यालय परिसरभित्र वा बाहिर यस्ता गतिविधिमा संलग्न हुनु आचारसंहिता विपरितको कार्य भएकोले यस्तो गतिविधिहरूमा संलग्न भए गरेको पाइएमा कानुनबमोजिम कारबाही हुने’ उल्लेख छ । उनले पदीय दायित्वसँग सम्बन्धित विषयमा कार्यालय परिसरभित्र वा बाहिर मदिरालगायत महँगा उपहार, कोसेली वा कुनै पनि लाभजन्य वस्तु लिनु–दिनु वा अवान्छित गतिविधिमा संलग्न हुनु आचारसंहिता विपरीतको कार्य भएको बताए ।

प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले कानुनले वर्जित गरेको कार्यमा जो कोही पनि संलग्न हुन नहुने र सार्वजनिक पद धारण गरेका व्यक्ति झनै संलग्न हुन नहुने भएकाले आचारसंहिता पालना गर्न गराउन सबैमा अनुरोध गरिएको बताए । आचारसंहिता वा कानुनको उल्लंघन गरेको पाइएमा लिने र दिने दुवै कारबाहीको भागिदार हुने समेत उनले चेतावनी दिए ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356