मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा: दरहरू यथावत्, छ नयाँ व्यवस्था कार्यान्वयनमा |

Logo
Red FM सोमबार, जेठ १३, २०८२

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ। आइतबार सार्वजनिक गरिएको समीक्षामा प्रमुख नीतिगत ब्याजदरहरू यथावत् राखिँदै वित्तीय प्रणाली सुदृढीकरण र लगानी प्रवर्द्धनका लागि छवटा नयाँ नियामकीय तथा प्रक्रिया सम्बन्धी उपायहरू घोषणा गरिएको छ।

नीति दर ५.० प्रतिशत, निक्षेप संकलन दर ३.० प्रतिशत र बैंक दर ६.५ प्रतिशतमा यथावत् राखिएको छ। नगद सुरक्षित अनुपात (CRR) र कानूनी तरलता अनुपात (SLR) पनि यथावत् छन्।

तर, वित्तीय संस्थाहरूले आवश्यक नगद सञ्चितिको न्यूनतम ९० प्रतिशत दैनिक रुपमा राख्नुपर्ने नयाँ व्यवस्था गरिएको छ, जसले दैनिक तरलता व्यवस्थापनमा सुधार ल्याउने विश्वास राष्ट्र बैंकले लिएको छ।

शेयर धितोमा दिइने ऋणको जोखिम भार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशतमा झारिएको छ, जसले बैंकहरूको पूँजीमा पर्ने दबाब कम गर्नेछ र पूँजी बजारमा ऋण प्रवाह बढाउने अपेक्षा गरिएको छ।

विदेशी लगानी र वैदेशिक ऋण व्यवस्थापनसम्बन्धी नयाँ नियमावली छिट्टै ल्याइने बताइएको छ। साथै, चेक बाउन्ससम्बन्धी सत्यतथ्य पत्ता लगाउने नयाँ प्रक्रिया पनि लागू गरिनेछ।

यस समीक्षाबाट राष्ट्र बैंकले मौद्रिक स्थायित्व कायम राख्दै सुधार र पारदर्शिता अभिवृद्धि गर्ने रणनीति लिएको देखिन्छ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356