

धादिङ जिल्लाको त्रिशूली नदी किनारमा दुई वटा शव फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी सुवास हमालका अनुसार शवहरू दुई फरक स्थानमा भेटिएको हो।
शवहरू गाल्छी गाउँपालिका–२ को क्यारीनिटार र गजुरी गाउँपालिका–६ को बेलखुमा फेला परेका हुन्।
प्रारम्भिक अनुसन्धानअनुसार शवहरूको अवस्था हेर्दा मृत्यु हालै भएको अनुमान गरिएको छ। दुवै शव पुरुषको भएको प्रहरीको प्रारम्भिक आकलन छ।
प्रहरी टोली घटनास्थलमा पुगेर घटनाको कारण र परिस्थितिबारे थप अनुसन्धान गरिरहेको छ।