अर्बौंको लगानी डुब्यो : आरके सिटी सेन्टर कुमारी बैंकको स्वामित्वमा |

Logo
Red FM सोमबार, जेठ १३, २०८२

एक समय विराटनगरको हाटखोलामा आधुनिक व्यापारिक केन्द्रको रूपमा खुलेको आरके सिटी सेन्टर अब कुमारी बैंकको स्वामित्वमा पुगेको छ। एक अर्ब २५ करोड रुपैयाँको लगानीमा निर्माण भएको यो आठतले मलले सुरुमा विराटनगरलाई महानगरको स्वरूप दिने अपेक्षा राखेको थियो।

तर, कोभिड महामारीको प्रकोप र त्यसपछि आउने आर्थिक संकटले सेन्टरलाई उकास्न सकेन। अन्ततः बैंकले लिलाम प्रक्रिया अगाडि बढाएर सेन्टरको स्वामित्व लिएको हो।

आरके सिटी सेन्टर मल्टीफ्लेक्स सिनेमा, ब्रान्डेड स्टोरहरू (Levi’s, Adidas, Nike), फर्निचर, किचनवेयर, होम डेकोर सहितको विपणन गन्तव्यका रूपमा खुलेको थियो। बेसमेन्टसहितको ५० हजार वर्गफिटमा फैलिएको सेन्टरको अठारौँ तलामा स्विमिङ पुल समेत बनाइएको थियो।

धेरै प्रयासपछि पनि सञ्चालन सम्भव नभएपछि, सेन्टरले गत वर्ष विभिन्न अफरमार्फत स्टक माल (इलेक्ट्रोनिक्स, फर्निचर, किचन सामग्री) सस्तो मूल्यमा बिक्री गर्ने प्रयास गर्‍यो। यहाँसम्म कि मिलनचोकमा छुट्टै संरचना निर्माण गरेर ‘Yumart’ नामक स्टोर पनि सञ्चालनमा ल्याएको थियो। तर, त्यो पनि टिक्न सकेन।

यो सेन्टर डा. सुवोध शर्मा (वरिष्ठ बालरोग विशेषज्ञ तथा आरके चिल्ड्रेन अस्पतालका सञ्चालक) र व्यवसायी सुनिल शर्माको साझेदारीमा खोलिएको थियो। तर, निरन्तर घाटाले गर्दा ऋण चुक्ता गर्न नसकिएपछि सपना बनेको सेन्टर आज बैंकको सम्पत्ति बन्न पुगेको हो।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356