केन्याली धावकलाई हिसान इटहरी रनको उपाधि

Logo
Red FM सोमबार, माघ १४, २०८१

सुनसरी — केन्याली धावक जुलियस मौरिकी हिसान इटहरी ८ किलोमिटर रन च्याम्पियन बनेका छन् । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ हिसान सुनसरीको आयोजनामा आइतबार सम्पन्न खुलातर्फ ८ किलोमिटर रनको निर्धारित दूरी मौरिकीले २४ मिनेट २५ सेकेन्डमा पूरा गरे ।

सरोज लिम्बूले २५ मिनेट ३१ सेकेन्डमा दूरी पार गर्दै दोस्रो र ओशन राईले २६ मिनेट ५ सेकेन्डमा पूरा गर्दै तेस्रो भए । महिलातर्फ इन्द्रकला नेम्वाङ पहिलो, जुही राई दोस्रो तथा सकुन्तला राई तेस्रो भए । इन्द्रकलाले निर्धारित दूरी ३१ मिनेट ३ सेकेन्ड, जुहीले ३२ मिनेट ३५ सेकेन्ड र सकुन्तलाले ३३ मिनेट ३१ सेकेन्डमा पूरा गरेका थिए ।

पहिलोदेखि तेस्रो हुनेले क्रमशः १२ हजार, १० हजार र ८ हजार रुपैयाँ नगद पुरस्कार पाए । ८ किमि रनमा केही विदेशीसहित नेपालका ८ सय बढी धावक–धाविकाले प्रतिस्पर्धा गरेका थिए ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356