कोलकोतामाथि चेन्नईको सहज जित

Logo
Red FM मंगलबार, चैत्र २७, २०८०

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत चेन्नई सुपर किंग्सले कोलकोता नाइट राइडर्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा चेन्नईले कोलकोतालाई ७ विकेटले पराजित गरेको हो ।कोलकोताले दिएको १३८ रनको लक्ष्य पछाएको चेन्नईले १७.४ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको कोलकोताले २० ओभरमा ९ विकेट गुमाउदै १३७ रन मात्र बनाएको थियो ।चेन्नईको यो जारी सिजनमा तेस्रो जित हो । ५ खेलमा ३ जित र २ हारसहित चेन्नईको ६ अंक भएको छ । त्यस्तै कोलकोताको भने यो पहिलो हार हो । ४ खेलमा ३ जित र एक हारसहित कोलकोताको ६ अंक रहेको छ ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356