नेपाली बजारमा सुनको मूल्यमा सामान्य कमी आएको छ भने चाँदीको मूल्यमा सानो वृद्धि देखिएको छ।
सोमबार सुनको मूल्य तोलामा १,९०,६०० रुपैयाँ रहेकोमा मंगलबार ६०० रुपैयाँले घटेर १,९०,००० रुपैयाँमा झरेको छ।
त्यस्तै, चाँदीको मूल्यमा भने सामान्य वृद्धि भएको छ। सोमबार चाँदीको मूल्य तोलामा २,१५० रुपैयाँ थियो भने मंगलबार १५ रुपैयाँले बढेर २,१६५ रुपैयाँ पुगेको छ।
