**Modified Headline:** **भारतमा कोरोना संक्रमण फेरि उकालो, नेपालमा सर्तकता बढ्दै |

Logo
Red FM मंगलबार, जेठ २८, २०८२

भारतमा फेरि एक पटक कोरोना संक्रमणको दर तीव्र गतिमा बढ्न थालेको छ। पछिल्ला ९ दिनमा मात्र ५८ जनाको मृत्यु भइसकेको छ भने सक्रिय संक्रमितको संख्या ६ हजार नाघेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३७८ नयाँ संक्रमित थपिएका छन् र ६ जनाको मृत्यु भएको छ। कोभिडका नयाँ केसहरू सबैभन्दा बढी केरला, गुजरात, पश्चिम बंगाल र दिल्लीमा देखिएका छन्। केरलामा मात्रै ठूलो संख्यामा संक्रमण देखिएको छ। यद्यपि विशेषज्ञहरूका अनुसार यो नयाँ भेरियन्ट खतरनाक भने होइन, अधिकांश केसहरू हल्का लक्षणसहितका छन् र घरमै उपचार सम्भव हुने बताइएको छ।

भारतमा संक्रमण तीव्र रूपमा फैलिन थालेपछि नेपालमा पनि सर्तकता बढाइएको छ। विशेषगरी भारतबाट नेपाल प्रवेश गर्ने नाकाहरूमा स्वास्थ्य परीक्षण कडा पारिएको छ। सुदूरपश्चिमका सीमावर्ती जिल्लामा भारतबाट फर्किने व्यक्तिहरूमा संक्रमण पुष्टि भएपछि निगरानीमा राखिएको छ।

नेपाल सरकार र स्वास्थ्य मन्त्रालयले नागरिकहरूलाई सचेत रहन अपिल गरेका छन्। टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा केही संक्रमितको उपचार तथा निगरानी भइरहेको छ। सीमावर्ती क्षेत्रमा आवश्यक स्वास्थ्य सामग्री, जनशक्ति र परीक्षण प्रणाली सुदृढ गर्न थालिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

भारतमा २२ मेमा मात्र २५७ सक्रिय केस रहेका थिए तर दुई सातामा त्यो संख्या २३ गुणा बढेर ६ हजार नाघेको छ। केन्द्र सरकारले सबै राज्यलाई अक्सिजन, भेन्टिलेटर, औषधि र आइसोलेसन बेड तयारी अवस्थामा राख्न निर्देशन दिएको छ। नेपालले पनि भारतको अवस्थालाई मध्यनजर गर्दै चाँडो नै महामारी नियन्त्रणका लागि आवश्यक कदम चाल्नुपर्ने देखिन्छ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356