

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर १ लाख ८४ हजार ८०० रुपैयाँमा पुगेको छ। यसअघि, आइतबार नै सुनको मूल्य १ लाख ८४ हजार २०० रुपैयाँ थियो ।
महासंघका अनुसार सोमबार चाँदीको मूल्य स्थिर रहँदै प्रतितोला १ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ, जुन आइतबारकै मूल्य हो ।
सुनको मूल्यमा आएको वृद्धिपछि बजारमा कारोबारमा केही चहलपहल देखिएको व्यवसायीहरूको भनाइ छ। सुनको मागमा पनि केही बढोत्तरी भएको बताइएको छ।