कोशी प्रदेशको जैविक विविधताको अध्ययन सुरू

Logo
Red FM शनिबार, जेठ १६, २०८३

कोशी प्रदेशको जैविक विविधताको अध्ययन सुरू

विराटनगर,
कोशी प्रदेशको जैविक विविधताको अध्ययन सुरू गरिएको छ । कोशी प्रदेशको जैविक विविधिताको अवस्था पत्तालगाई प्रोफाइल प्रकाशन गर्ने उद्देश्यले अध्ययन सुरू गरिएको हो ।
विश्व वातावरणीय सुविधा (जीईएफ) को आर्थिक सहयोगमा संयुक्त राष्ट्रसंघीय खाद्यतथा कृषि संगठन (एफएओ) को प्राविधिक सहयोगमा कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत अध्ययन सुरु गरिएको एफएओ आयोजना व्यवस्थापन इकाइ विराटनगरका राष्ट्रिय आयोजना सहजकर्ता प्रशान्त नेपालले जानकारी दिए । उनका अनुसार लैंगिक र जैविक विविधता–संवेदनशील स्थानीय स्तरको भूमि प्रयोग योजना प्रक्रियालाई सहज बनाउने विधि, स्रोत र सञ्चार सामग्रीहरूको विकास अनुकुलनकार्य सम्बन्धि पनि अध्ययन गरिने छ ।
अध्ययनबाट कोशी प्रदेशको जैविक विविधताको अवस्था पत्ता लाग्ने, तथ्याङ्कहरू प्राप्त हुने, वनका प्रजाती, वन्य जन्तु, सुक्ष्म झाडी देखि किरासम्मको बारेमा जानकारी प्राप्त हुने जनाइएको छ । एफएओ अन्तरगत नेपालको पूर्वी पहाडी भेगमा वन, भूमि तथा जैविक विविधताको दिगो व्यवस्थापनकालागि क्षमता अभिबृद्धि आयोजना तीन बर्ष देखि कोशी प्रदेशमा संचालित छ । यो अध्ययन कोशी प्रदेशका ५ वटा जिल्लाहरू संखुवासभा, पाँचथर, ताप्लेजुङ, इलाम र तेह्रथुममा गरिने एफएओले जनाएको छ । जैविक विविधता प्रोफाइल तयारी र प्रकाशनकालागि इनोभेटिभ भिजन प्रालि काठमाडौं र लैंगिक र जैविक विविधता–संवेदनशील स्थानीय स्तरको भूमि प्रयोग योजना प्रक्रियालाई सहज बनाउने विधि र सञ्चार सामग्रीको विकास सम्बन्धि काम गर्न नेष्ट आइडिया हव इन्टरनेशनल जेभी काठमाडौंसँग सम्झौता भइसकेको छ ।
अध्ययनको सुरु हुनुअघि बिहीबार पर्यटन, वन तथा वातावरण मन्त्रालयमा छलफल गरिएको छ । मन्त्रालयका सचिव डा. इन्द्रप्रसाद सापकोटाको अध्यक्षतामा आयोजित छलफलमा कोशी प्रदेश वन निर्देशनालयका निर्देशक भरत बहादुर श्रेष्ठ, एफएओका टेक्निकल एड्भाइजर भरतराज ढुंगाना, डिभिजन वन कार्यालय, वन अनुसन्धान केन्द्र, आयोजनाका कर्मचारी तथा एफएओका कर्मचारीहरू सहभागि थिए । पहिलो चरणको अध्ययन यसै आर्थिक वर्ष भित्रै सम्पन्न हुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356