रूस–युक्रेनलाई ‘केहीबेर लड्न देऊ’, दुबै देशमाथि प्रतिबन्ध लगाउने संकेत: पूर्व राष्ट्रपति ट्रम्प |

Logo
Red FM शुक्रबार, जेठ २४, २०८२

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार भनाइ दिएका छन् कि जर्मन चान्सलर फ्रिडरिख मर्जको रूसमाथि थप दबाबको आग्रहका बावजुद, रूस र युक्रेनलाई अझै केही समय लड्न दिनु नै राम्रो हुनसक्छ।

व्हाइट हाउसमा मर्जसँगको भेटका क्रममा ट्रम्पले रूस र युक्रेनबीचको “पुरानो रीस र घृणा” ले तुरुन्तै युद्धविराम सम्भव नरहेको भन्दै यसअघि दिएका छिट्टै युद्ध अन्त्य हुने भनाइबाट फरक धारणा व्यक्त गरे।

“उनीहरू लड्छन्, लड्छन्, लड्छन्,” ट्रम्पले भने। “कहिलेकाहीँ तपाईंले उनीहरूलाई अलि बेर लड्न दिनुहुन्छ। तपाईंले यो आइस हकी वा अन्य खेलमा देख्नुहुन्छ — रेफ्रीहरूले केही समयका लागि लड्न दिन्छन्। त्यसपछि मात्र छुट्याउँछन्।”

भेटवार्तामा जर्मन चान्सलर मर्जले भने, “अमेरिका यो युद्ध अन्त्य गर्ने शक्तिशाली स्थितिमा पुनः पुगेको छ।” साथै, उनले रूसमाथि थप दबाब दिनुपर्ने आवश्यकता रहेको बताए।

रूसमाथिका नयाँ प्रतिबन्धबारे ट्रम्पले हाल कुनै तुरुन्त निर्णय नभएको स्पष्ट पारे। तर उनले “ट्याङ्गो नाच्न पनि दुई जना चाहिन्छ” भन्दै, सम्भवतः रूस र युक्रेन दुवैलाई कडा कदम चालिने संकेत गरे।

“जब मलाई लाग्छ कि यो रोकिनेवाला छैन, तब हामी निकै कडा हुनेछौं,” ट्रम्पले भने। “र त्यो दुबै देशमाथि पनि हुन सक्छ।”

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356