

प्रधानमन्त्री केपी शर्मा ओलीले आईसीसी वर्ल्ड कप लिग–२ अन्तर्गत स्कटल्याण्डमा जारी त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपालको लगातार दोस्रो जितका लागि सम्पूर्ण खेलाडीहरूलाई बधाई दिएका छन्।
गत राति सम्पन्न दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गर्दै दोहोरो जित हात पारेको हो। यसअघि पहिलो खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डलाई १ विकेटले हराएको थियो।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै खेलाडीहरूको मनोबल बढाएका छन्। उनले नेपाल क्रिकेट टोलीको उत्कृष्ट प्रदर्शनको प्रशंसा गर्दै आगामी खेलका लागि सफलताको कामना पनि गरेका छन्।