

रूपन्देहीको शुद्धोधन गाउँपालिका–५, जयनगरमा आइतबार साँझ ग्यास लिक भएर आगलागी हुँदा दाजुबहिनीको ज्यान गएको छ। खाना पकाउने क्रममा रेगुलेटरबाट ग्यास लिक भई आगो लाग्दा १८ वर्षीया सोनम यादव र २५ वर्षीय शिवकुमार यादव गम्भीर रूपमा जलेका थिए। सोनमको उपचारको क्रममा भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा मृत्यु भयो भने शिवकुमारको गोरखपुर लैजाँदै गर्दा बाटोमै निधन भएको प्रहरीले जनाएको छ।
उनीहरूको शव पोष्टमार्टमका लागि भिम अस्पताल, भैरहवामा राखिएको छ।