पश्चिम नेपालमा वर्षा प्रणाली सक्रिय, मौसम विभागद्वारा सतर्कता अपनाउन आग्रह |

Logo
Red FM आइतबार, जेठ १२, २०८२

मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान पश्चिम नेपालमा सक्रिय वर्षा प्रणाली पूर्व-उत्तरतिर सर्दै गएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।

आइतबार बिहान सार्वजनिक गरिएको बुलेटिनमा महाशाखाले डडेलधुरा र अछामका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा, गड्यौली र चट्याङसहितको मौसम देखिएको जनाएको छ।

वर्षा प्रणाली पूर्वतर्फ सर्दै गएको हुँदा महाशाखाले जनसाधारणलाई आवश्यक सावधानी अपनाउन र सतर्क रहन अनुरोध गरेको छ।

मौसमविद्हरूले वर्षाको तीव्रता यसरी वर्गीकरण गरेका छन्: २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम वर्षा हल्का, १० देखि ५० मिलिमिटर मध्यम, ५० देखि १०० मिलिमिटर भारी, १०० देखि २०० मिलिमिटर धेरै भारी र २०० मिलिमिटरभन्दा बढी वर्षालाई अति भारी (अत्यधिक) वर्षा मानिन्छ।

महाशाखाले वर्षा क्षेत्रको व्याख्या पनि दिएको छ: “केही स्थानहरू” भन्नाले करिब ५० प्रतिशत क्षेत्र, “थोरै स्थानहरू” भन्नाले २५–३० प्रतिशत क्षेत्र, र “एक–दुई स्थानहरू” भन्नाले २५ प्रतिशतभन्दा कम क्षेत्र जनाउँछ।

महाशाखाले सम्भावित वर्षाको असरलाई मध्यनजर गर्दै यात्रा तथा दैनिक गतिविधिमा आवश्यक सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356