

नेपाल टेलिकमको चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो नौ महिनामा खुद नाफा ४८.६७ प्रतिशतले घटेको छ। साउनदेखि चैत मसान्तसम्म कम्पनीले २ अर्ब ८४ करोड २२ लाख रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ५ अर्ब ५३ करोड ७५ लाख रुपैयाँ थियो |
यस वित्तीय गिरावटसँगै कम्पनीको नेतृत्वमा रहेका प्रबन्ध निर्देशक संगीता पहाडीको कार्यदक्षता र नेतृत्व क्षमतामाथि प्रश्न उठ्न थालेका छन्। विगत दुई वर्षदेखि टेलिकमको वित्तीय प्रदर्शन कमजोर बन्दै गएको छ, जसले दीर्घकालीन अस्तित्वमाथि नै प्रश्न उठाएको छ । शेयर बजारमा पनि गिरावट देखिएको छ। आजको कारोबारमा ६२ कम्पनीको सेयर मूल्य बढ्दा १८३ कम्पनीको घटेको छ भने एक कम्पनीको मूल्य स्थिर रहेको छ ।
ओम मेगाश्री फर्मास्युटिकल्सको सेयर मूल्य आज १० प्रतिशतले बढेको छ। त्यस्तै पिपुल्स पावर ७.८८ प्रतिशत, उपकार लघुवित्त ६.३१ प्रतिशत, नेपाल पुनर्बीमा ५.६६ प्रतिशत र लुम्बिनी विकास बैंक ४.१५ प्रतिशतले उकालो लागेका छन्।
गुराँस लघुवित्त १० प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्स ९.७१ प्रतिशत, बाराही हाइड्रोपावर ९.२६ प्रतिशत, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स ७.५५ प्रतिशत र बुटवल पावर ६.१२ प्रतिशतले घटेका छन्।
राधि विद्युत्, युनिभर्सल पावर, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स, ङादी ग्रुप र लुम्बिनी विकास बैंक सबैभन्दा बढी कारोबार भएका कम्पनी हुन्।