बेहुली जुत्ता-चप्पल बनाउने तालिम विराटनगरमा सुरु, महिलाहरूलाई आत्मनिर्भर बनाउने लक्ष्य

Logo
भोजराज घिमिरे - बिहिबार, फाल्गुण २२, २०८१

विराटनगर, मोरङ – हलेसी महिला सशक्तिकरण सेवा केन्द्र, विराटनगर-८ द्वारा आयोजित बेहुली जुत्ता-चप्पल बनाउने २० दिने तालिम विराटनगरमा सुरु भएको छ। तालिम २०८१ फागुन २० गतेदेखि चैत ९ गतेसम्म सञ्चालन हुनेछ।

उद्घाटन समारोहमा विशेष उपस्थिति

तालिमको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रूपमा विराटनगर महानगर प्रमुख नागेश कोइराला, विशिष्ट अतिथिका रूपमा पुर्ब न्यायधिवक्ता रूपेश कोईराला, तथा समाजसेवी महिला नेतृहरू अमरटोल टोल विकास संस्थाकी अध्यक्ष बिन्दा कुमारी नेपाल, हाम्रो प्रयासकी अध्यक्ष सावित्री ढकाल, उर्मिला रुपाखेती, कल्पना राउत लगायतको उपस्थिति थियो।

हलेसी महिला सशक्तिकरण सेवा केन्द्र कि उपाधक्ष कमलाडंगोल ,सचिव कुमारि अधिकारी ,स- सचिव संगिता अधिकारि सहकार्यय रहेको थियो ।

उद्घाटन समारोहको अध्यक्षता हलेसी महिला सशक्तिकरण सेवा केन्द्रकी अध्यक्ष सीता बरालले गरेकी थिइन्। तालिमको प्रशिक्षण मालती आचार्यले प्रदान गर्नेछिन्। कार्यक्रम संचालक

हलेसी महिला सशक्तिकरण सेवा केन्द्र कि कोषाधक्ष राजेस्वरि कार्कि ले गरेकि थिइन ।

महिला आत्मनिर्भर बनाउन तालिम आवश्यक..

कार्यक्रमका वक्ताहरूले सीप सिकेर सही उपयोग गर्ने महत्त्व बारे प्रकाश पारे। उनीहरूका अनुसार, “घरमा टेलिभिजन हेरेर समय खेर फाल्नु भन्दा प्राविधिक सीप सिकेर आयआर्जन गर्न सकिन्छ। यसले महिलाहरूलाई आफ्नै खुट्टामा उभिन मद्दत गर्छ।”

महानगर प्रमुख नागेश कोइरालाले पनि यस्ता तालिमहरूको आवश्यकता औंल्याउँदै महिलाहरूलाई आर्थिक रूपमा सक्षम बनाउन सीपमूलक कार्यक्रमहरू निरन्तर हुनुपर्ने बताए।

१६ जना सहभागी, २० दिनसम्म तालिम ..

तालिममा १६ जना महिला सहभागी छन्, जसले व्यावसायिक रूपमा बेहुली जुत्ता-चप्पल बनाउने सीप सिक्नेछन्। आयोजकका अनुसार, तालिम २० दिनसम्म सञ्चालन हुने र चैत ९ गते समापन हुने छ।

यो तालिमले महिलाहरूलाई स्वरोजगारका अवसरहरू सिर्जना गर्न सहयोग गर्ने आयोजक सस्थाको अध्यक्ष सीता बराल ले बिस्वास दिलाउनु भयो ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356