नेपाल बार काउन्सिलको पार्षद निर्वाचन : सातै प्रदेशमा मतदान सुरु

Logo
Red FM आइतबार, माघ २७, २०८१

नेपाल कानुन व्यवसायी परिषद् (नेपाल बार काउन्सिल)को पार्षद चयनका लागि आज (शनिबार) सातै प्रदेशमा मतदान हुँदैछ। प्रत्येक प्रदेशबाट एक जना पार्षद निर्वाचित हुने व्यवस्था छ।

देशभरका कानुन व्यवसायीका लागि महत्वपूर्ण मानिएको यो निर्वाचनमा सातवटा प्रदेशबाट १४ जनाले उम्मेदवारी दिएका छन्। दुई प्रमुख गठबन्धनबीच प्रतिस्पर्धा हुँदैछ— एकातिर नेकपा (एमाले) निकट पीपीएलए, नेकपा (माओवादी केन्द्र) निकट आरपीएलए, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट पीएलए, मोहन वैद्यनिकट एनपीएलए र जसपा निकट एफएलएस लगायतका ‘प्रगतिशील, गणतान्त्रिक, समाजवादी, स्वतन्त्र, देशभक्त, समावेशी’ समूह छन्। अर्कोतर्फ नेपाली कांग्रेस निकट डीएलए र नेकपा (एकीकृत समाजवादी) निकट एसपीएलए गठबन्धन रहेको छ।

कोशी प्रदेशमा तीव्र प्रतिस्पर्धा

कोशी प्रदेशमा पार्षद पदका लागि दुई उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। प्रगतिशील, गणतान्त्रिक, समाजवादी गठबन्धनबाट बालकृष्ण आचार्य उम्मेदवार छन् भने डीएलए-एसपीएलए गठबन्धनबाट राजु ढकाल प्रतिस्पर्धामा छन्।

कोशी प्रदेशमा दुवै पक्षको मतदाता संख्या लगभग बराबर भएकाले चुनावी नतिजा रोचक हुने अनुमान गरिएको छ। यो प्रदेशमा ९६६ जना मतदाताले मतदान गर्नेछन्।

मतदान केन्द्र र व्यवस्थापन

कोशी प्रदेशका लागि इलाम, गाईघाट, झापा, धनकुटा र विराटनगरमा मतदान केन्द्र तोकिएको छ। विराटनगरमा हुने मतदानका लागि उच्च अदालत बार एसोसिएसन विराटनगरका अध्यक्ष विश्वराम भट्टराई प्रमुख निर्वाचन अधिकृत तोकिएका छन्।

मोरङ जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष हरिशंकर मण्डल र उच्च अदालत बार एसोसिएसन विराटनगरका सचिव विनोदकुमार तिमल्सिना निर्वाचन अधिकृत छन्।

निर्वाचन कार्यक्रमअनुसार मतदान बिहान १० बजेबाट सुरु भई अपरान्ह ४ बजे सकिनेछ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356