काठमाडौँ —आईसीसी मेन्स क्रिकेट वर्ल्डकप क्रिकेट लिग–टुको नेपाल र स्टकल्यान्डबीचको खेल मंगलबार रद्द भएको छ । आँधीहुरीको सम्भावनाबीच खेल रद्द गरिएको हो ।
खेल नहुँदा प्रतियोगितामा कमजोर सावित भएको नेपाललाई एक अंक राहतमा प्राप्त भएको छ । वर्षाले खेल रोकिन अगाडि नेपाल एक विकेट गुमाएर २६ रनको स्थितिमा थियो । टस जितेर स्कटल्यान्डले पहिले बलिङको निर्णय गरेको थियो ।
यसक्रममा ६ ओभरको खेल मात्रै सम्भव भएको थियो । त्यसमा नेपाली ओपनर अनिल साह १९ बलमा १० रन बनाएर ब्राड करीको बलमा एलबीडब्लू भए ।नटआउट रहेका दुई ब्याटरमध्ये अर्का ओपनर आसिफ सेखले ९ रन बनाए भने कुशल भुर्तेलले खाता पनि खोलेनन् । नेपाल १२ खेलबाट ८ अंक मात्र बटुलेर आठ टिममध्ये सातौं स्थानमा छ । स्कटल्यान्ड भने ११ खेलबाट १४ अंकसहित तेस्रो स्थानमा छ ।