भारतीय उद्योगपति रतन टाटाको निधन

Logo
Red FM बिहिबार, आश्विन २४, २०८१

विराटनगर—भारतका प्रसिद्ध उद्योगपति तथा टाटा समूहका पूर्वअध्यक्ष रतन टाटाको निधन भएको छ । टाटाको मुम्बईस्थित एक अस्पतालमा बुधबार राति ८६ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

टाटा सन्सका अध्यक्ष एन. चन्द्रशेखरनले टाटा समूहको तर्फबाट विज्ञप्ति जारी गरी रतन टाटाको निधन भएको जानकारी दिएकाछन् ।

उनको निधनमा भारतीय राष्ट्रपति, प्रधानमन्त्री लगायतले शोक व्यक्त गरेका छन् । राष्ट्रपति द्रौपदी मुर्मुले भारतले पूँजी वृद्धिलाई देशनिर्माण र उत्कृष्टतालाई नैतिकतासँग जोड्ने व्यावसाययी गुमाएको बताएकी छन् ।

भारतीय पप्रधानमन्त्री नरेन्द्र मोदीले रतन टाटा एक दुरगामी व्यवसायी र एक असाधारण तथा दयालु व्यक्तिको रुपमा सम्झिएका छन् ।

‘उनले भारतको सबैभन्दा पुरानो र सबैभन्दा प्रतिष्ठित व्यापारिक घरानालाई स्थिर नेतृत्व प्रदान गरे,’ मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।

रतन टाटाको जन्म २८ डिसेम्बर १९३७ मा भएको थियो । भारत सरकारले उनलाई सन् २००० मा प्रतिष्ठित पद्म विभूषणबाट सम्मानसमेत गरेको थियो ।

टाटा समूह भारतको सबैभन्दा ठूलो गाडी निर्माण तथा सबैभन्दा ठूलो निजी स्टील कम्पनी हो । टाटा अन्तर्गतका कम्पनीहरूले विश्वव्यापी रूपमा ३ लाख ५० हजारभन्दा बढी मानिसहरूलाई रोजगारी दिन्छ । जुन २००८ मा टाटाले २.३ अर्ब डलरमा फोर्डबाट ज्यागुआर र ल्यान्डरोभर किनेको थियो।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356