हरियाणामा भाजपाको एकल बहुमत, कांग्रेसले जित्ने अनुमान ‘फेल’

Logo
Red FM बुधबार, आश्विन २३, २०८१

भारतका दुई राज्यमा भएको विधानसभा चुनावको अन्तिम परिणाम आएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार प्रमुख प्रतिपक्षी दल भारतीय कांग्रेसलाई हरियाणामा झट्का लागेको छ । ९० सिट रहेको हरियाणामा भाजपाले एकल बहुमत ल्याएको छ । अब भाजपाले हरियाणामा लगातार तेस्रोपटक सरकार बनाउने भएको

हो ।

भाजपाले ४८ सिटमा जित हात पार्दा कांग्रेस आई भने ३७ सिटमा सीमित भएको छ । हरियाणामा योपटक कांग्रेस आईले जित्ने प्रक्षेपणहरू गरिएका थिए । तर, चुनावी नतिजा आफ्नो पक्षमा नआएपछि कांग्रेस आईमा अन्तर्घात गर्नेहरूमाथि कारबाही हुनुपर्ने आवाज उठेको छ ।

यस्तै जम्मु कश्मिरको चुनावमा नेसनल कन्फ्रेन्स र कांग्रेस आईको गठबन्धनले जित हात पारेको छ । ९० सिटमध्ये यो गठबन्धनले ४९ सिटमा जित हात पारेको छ । भाजपाले भने यहाँ २९ सिट जितेको छ । महुबा मुफ्तीको पार्टी पीडीपी तीन सिटमा सीमित भएको छ । जम्मु क्षेत्रमा भाजपाले जितेको हो भने कश्मिर क्षेत्रमा गठबन्धनले बाजी मार्‍यो ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356