‘ह्रस्व दीर्घ’मा भित्रिए सञ्चितादेखि प्रशान्तसम्म

Logo
Red FM सोमबार, पुष ०९, २०८०

अभिनेत्री नीता ढुंगाना र अभिनेता तथा युवा ज्योतिष हरिहर अधिकारीको डेब्यू निर्माण फिल्म ‘ह्रस्व दीर्घ’को यतिबेला चितवनस्थित सौराहा क्षेत्रमा दोस्रो चरणको छायांकन भैरहेको छ । पहिलो चरणको छायांकन भने अघिल्लो वर्षको माघ अन्तिममा भारतस्थित प्रतिष्ठित ‘रामोजी फिल्म सिटी’मा भएको थियो । नेपालमा फिल्मको करिब एक महिनासम्म छायांकन गरिने जानकारी प्राप्त छ ।

दोस्रो चरणको छायांकन सुरु भएसँगै फिल्ममा थप केही कलाकारहरु भित्रिएका छन् । नीताले आइतबार फेसबुकमार्फत् अभिनेत्री सञ्चिता लुईँटेल, अभिनेताहरु प्रशान्त ताम्राकार, किरण केसी र बुद्धि तामाङ फिल्ममा अनुबन्धित भएको जानकारी गराएकी हुन् । फिल्ममा नीता र हरिहरको पनि मुख्य भूमिका छ । साथै, विपना थापा, सलोन बस्नेत, गरिमा शर्मालगायत पनि कलाकारमा छन् ।

फिल्ममा भारतीय कलाकारहरु ब्रह्मानन्दम, अली, ‘गजनी’ भिलेन प्रदीप रावत समेत महत्त्वपूर्ण भूमिकामा देखिँदैछन् । ब्रह्मानन्दम र अलीको भारत सेड्युलमै छायांकन पूरा भैसकेको छ भने प्रदीपराज केही दिनमा नै नेपाल आउँदैछन् । फिल्ममा उनी नीताको पिताको भूमिकामा देखिने जानकारी प्राप्त छ । फिल्मका निर्देशक चन्द्र पन्त हुन् । नेपाली फिल्म निर्देशनमा उनको यो डेब्यू हो ।

फिल्मलाई भारतका नामी छायाँकार कवीरलालले खिचिरहेका छन् । उनले ‘दिल आपके पास है’, ‘वेलकम ब्याक’, ‘परदेश’ जस्ता कयौं सफल बलिउड फिल्मको छायांकन गरिसकेका छन् । नीता र हरिहर ‘ह्रस्व दीर्घ’लाई नेपालीसहित भारतका विभिन्न भाषामा स्वरांकन गरेर प्रदर्शन गर्ने योजनामा छन् । भारतको प्रतिष्ठित ओटीटी प्लेटफर्ममा फिल्म रिलिज गर्ने पनि उनीहरुको तयारी छ ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356