हैदराबादमाथि कोलकाताको रोमाञ्चक जित

Logo
Red FM आइतबार, चैत्र ११, २०८०

विराटनगर —आन्द्रे रसेलको अलराउन्ड प्रदर्शनमा कोलकाता नाइटराइडर्सले शनिबार आईपीएल २०२४ मा सनराइजर्स हैदराबादमाथि रोमाञ्चक चार रनको जित निकालेको छ । हर्षित रानाले अन्तिम ओभरमा बहादुरीपूर्ण बलिङ गरेपछि कोलकाताको जित निश्चित भएको हो ।

जितका लागि हैदराबादलाई अन्तिम ओभरमा १३ रन चाहिएकोमा हेनरिच क्लासेनले रानाको पहिलो बलमै छक्का प्रहार गरे । तर त्यसपछि तीन बलको अन्तरमा रानाले क्लासेन र साहबाज अहमदलाई आउट गरे ।

अन्तिम बलमा चार रन चाहिएकोमा कप्तानी गरिरहेका प्याट कमिन्सले कुनै रन जोड्न सकेनन् र कोलकाताले जितको खुसीयाली मनाएको थियो । पहिले ब्याटिङ गरेको कोलकाताले ७ विकेटको क्षतिमा २०८ रन बनाएका थियो ।
त्यसमा ‘प्लेयर अफ द म्याच’ आन्द्रे रसेलले २५ बलमा ६४ रन बनाए । जवाफमा हैदराबादले सात विकेट गुमाउँदै २०४ रन मात्रै बनाउन सक्यो । हैदराबादका लागि भने क्लासेनले २९ बलमा ६३ रन जोडे ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356