विराटनगरमा ब्रह्माकुमारी राजयोग उपसेवा केन्द्र कञ्चनबारीको रजत जयन्ती महोत्सव आयोजना हुँदै

Logo
भोजराज घिमिरे शनिबार, बैशाख ०५, २०८३

विराटनगरमा ब्रह्माकुमारी राजयोग उपसेवा केन्द्र कञ्चनबारीको रजत जयन्ती महोत्सव आयोजना हुँदै
विराटनगर — ब्रह्माकुमारी राजयोग सेवा केन्द्र अन्तर्गत कञ्चनबारी उपसेवा केन्द्र, विराटनगर–३ ले आफ्नो स्थापना भएको २५ वर्ष पूरा गरेको अवसरमा रजत जयन्ती महोत्सव मनाउने भएको छ। यस अवसरमा वैशाख ४ गतेदेखि १२ गतेसम्म विभिन्न पाँच दिवसीय कार्यक्रम आयोजना गरिने जानकारी पत्रकार सम्मेलनमार्फत दिइएको हो।
कोशी प्रदेश प्रमुख गीता दिदीका अनुसार महोत्सवको सुरुआत वैशाख ४ गते पत्रकार सम्मेलनबाट गरिएको छ। कार्यक्रमअन्तर्गत वैशाख ६ गते निःशुल्क आँखा शिविर तथा रक्तदान कार्यक्रम, वैशाख ७ गते शिक्षक तथा शिक्षाविदहरूको स्नेह मिलन एवं सम्मान, र वैशाख ८ गते संघसंस्था तथा समाजसेवीहरूको स्नेह मिलन एवं सम्मान कार्यक्रम आयोजना गरिनेछ। वैशाख १२ गते रजत जयन्ती महोत्सवको औपचारिक उद्घाटन तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरिनेछ।
महोत्सवका अवसरमा अन्तर्राष्ट्रिय प्रेरणादायी वक्ता तथा वरिष्ठ राजयोगी प्रशिक्षक विजय राज सिग्देल द्वारा विशेष प्रवचन हुने आयोजकले जनाएको छ। साथै कार्यक्रमका प्रमुख अतिथिका रूपमा हेमानन्द महाराज को उपस्थिति रहनेछ भने ब्रह्माकुमारी सेवा केन्द्र नेपालकी निर्देशक डा. राज दादीमाँ बाट आशीर्वचन प्रदान गरिने कार्यक्रम रहेको छ।
उपसेवा केन्द्रले विगत २५ वर्षदेखि समाजमा आध्यात्मिक चेतना अभिवृद्धि, नैतिक मूल्य प्रवर्द्धन तथा सकारात्मक सोच विकासका लागि निरन्तर सेवा गर्दै आएको छ। यसै सन्दर्भमा समाजमा योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वहरूलाई सम्मान गर्दै आगामी दिनका लागि प्रेरणा प्रदान गरिने आयोजकले जनाएको छ।
कञ्चनबारी उपसेवा केन्द्रले प्रारम्भमा भाडाको घरबाट सेवा सुरु गरेको थियो। हाल भने आफ्नै जग्गामा सुविधा सम्पन्न चार तल्ले भवन निर्माण सम्पन्न गरेको छ। उक्त भवन निर्माणका लागि स्थानीय दाता इन्द्रमणी माताले १३ धुर जग्गा दान गरेकी थिइन्। करिब १ करोड ५० लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको भवन दाताहरूको सहयोगमा तयार भएको केन्द्रकी प्रमुख रोमा दिदीले जानकारी दिइन्।
पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ मोरङ शाखाका सचिव नेत्र पी. अधिकारीले ब्रह्माकुमारी संस्थाको निःस्वार्थ सेवा प्रशंसनीय रहेको बताए। कार्यक्रममा संखुवासभा उपसेवा केन्द्रकी प्रमुख रचना दिदीको पनि उपस्थिति रहेको थियो।
आयोजकले महोत्सवमा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, शिक्षाविद्, समाजसेवी, बुद्धिजीवी तथा सर्वसाधारणलाई सहभागी भई आध्यात्मिक लाभ लिन आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356