ओमोडा–जेको र आइकार गाडीमा ११ वर्षसम्मको वारन्टी: एसपीजी अटोमोबाइल्सको नयाँ घोषणा

Logo
भोजराज घिमिरे बुधबार, चैत्र २५, २०८२

ओमोडा–जेको र आइकार गाडीमा ११ वर्षसम्मको वारन्टी: एसपीजी अटोमोबाइल्सको नयाँ घोषणा
— SPG Automobiles Pvt. Ltd. ले नेपालमा Omoda Jaecoo र ICAUR का विद्युतीय सवारी (EV) मोडेलहरूमा ११ वर्षसम्मको विस्तारित वारन्टी योजना सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यो नेपालमा उपलब्ध सबैभन्दा लामो EV वारन्टी योजनामध्ये एक हो।
हालसम्म यी सवारी साधनहरूमा कम्पनीले ट्र्याक्सन (पावर) ब्याट्री प्याकमा ८ वर्ष वा १ लाख ८० हजार किलोमिटर (जुन पहिले पूरा हुन्छ) र ड्राइभ मोटरमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरको वारन्टी उपलब्ध गराउँदै आएको थियो। नयाँ विस्तारित योजनाअनुसार अब ब्याट्रीमा ११ वर्ष वा २ लाख ४० हजार किलोमिटर र ड्राइभ मोटरमा ११ वर्ष वा २ लाख किलोमिटरसम्म वारन्टी सुविधा प्रदान गरिनेछ।
यो विस्तारित वारन्टी Omoda E5, Jaecoo J5, Jaecoo J6T तथा ICAUR V23 मोडेलहरूमा लागू हुने कम्पनीले जनाएको छ।
कम्पनीका निर्देशक Gaurav Sharda का अनुसार, “यो विस्तारित वारन्टीले हाम्रो EV प्रविधिप्रति रहेको विश्वास र ग्राहकप्रति हाम्रो प्रतिबद्धता झल्काउँछ। विद्युतीय सवारीतर्फको रूपान्तरण तीव्र भइरहेका बेला यस्तो पहलले ग्राहकमा दीर्घकालीन भरोसा र निष्ठा निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।”
यस योजनाअन्तर्गत ग्राहकहरूले ट्र्याक्सन ब्याट्री प्याक र ड्राइभ मोटर एसेम्ब्लीमा देखिने प्राविधिक खराबीका लागि विस्तृत कभरेज पाउनेछन्।
हाल कम्पनीले देशभर १८ भन्दा बढी बिक्री केन्द्र र १५ सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको छ भने चार्जिङ पूर्वाधार र बिक्री सञ्जाललाई पनि निरन्तर विस्तार गरिरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356