घर निर्माण प्रदर्शनीमा भीड: दैनिक हजारौं उपभोक्ताको सहभागिता

Logo
भोजराज घिमिरे सोमबार, चैत्र १६, २०८२

घर निर्माण प्रदर्शनीमा भीड: दैनिक हजारौं उपभोक्ताको सहभागिता
विराटनगर — उद्योग संगठन मोरङको आयोजनामा चैत १२ देखि १६ गतेसम्म सञ्चालन भइरहेको घर निर्माण प्रदर्शनीमा उपभोक्ताको उल्लेखनीय भीड देखिएको छ। स्वदेशी निर्माण सामग्रीको प्रवर्द्धन र आत्मनिर्भर निर्माण क्षेत्रको लक्ष्यसहित पहिलोपटक आयोजना गरिएको प्रदर्शनीप्रति दिनप्रतिदिन आकर्षण बढ्दै गएको छ।
शनिबार बिदाको दिन प्रदर्शनीस्थलमा झनै भीड देखिएको थियो। ८० भन्दा बढी स्टलमा निर्माण सामग्री, टाइल–मार्बल, सीसी टिभी, बैंकिङ, बीमा र वास्तुसम्बन्धी सेवाबारे जानकारी लिन उपभोक्ता उत्साहित देखिएका थिए।
बेम्बु आर्किटेक्टका निर्देशक इन्द्र कामतका अनुसार दिगो र सुरक्षित घर निर्माणप्रति उपभोक्ताको चासो बढ्दो छ। यस्तै, पूर्वाञ्चल विश्वविद्यालयका विद्यार्थीद्वारा प्रस्तुत ‘इकोलोजिकल सेनिटेशन’ प्रविधिले पनि ध्यान खिचेको छ।
प्रदर्शनीमा दैनिक थिमेटिक सेसन सञ्चालन भइरहेका छन्। शनिबार ‘इन्टेरियर डेकोरेशन र वास्तु’ विषयमा विज्ञहरूले सुझाव दिएका थिए भने आइतबार ‘स्मार्ट घर’ र सोमबार ‘मर्मतसम्भार’ विषयमा सेसन हुने आयोजकले जनाएको छ।
उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीका अनुसार दैनिक एक हजारभन्दा बढी उपभोक्ता प्रदर्शनी अवलोकन गर्न पुगेका छन्। उनले प्रदर्शनी अपेक्षाभन्दा सफल भएको उल्लेख गर्दै विराटनगरमा स्थायी प्रदर्शनीस्थलको आवश्यकता औंल्याए।
यसैबीच, वास्तु विशेषज्ञ रोज धाडेवाले आधुनिक ‘१६ जोन’ अवधारणामार्फत घरको दिशा, ऊर्जा र संरचना वैज्ञानिक रूपमा विश्लेषण गरिने बताइन्। उनले सानो सुधारमार्फत घरका विभिन्न समस्याको समाधान गर्न सकिने उल्लेख गरिन्।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356