हाम्रो प्रयासद्वारा आयोजित सीपमूलक तालिम सम्पन्न, सहभागीलाई प्रमाण–पत्र वितरण

Logo
भोजराज घिमिरे बुधबार, फाल्गुण ०६, २०८२

हाम्रो प्रयासद्वारा आयोजित सीपमूलक तालिम सम्पन्न, सहभागीलाई प्रमाण–पत्र वितरण
विराटनगर। सामाजिक संस्था हाम्रो प्रयास, विराटनगर–७, मोरङको आयोजनामा नुहाउने अर्गानिक साबुन तथा सर्फ बनाउने तीनदिने तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। विराटनगर महानगरपालिका वडा नं. ८ को सहयोगमा फागुन ४ गतेदेखि ६ गतेसम्म सञ्चालन गरिएको उक्त तालिममा १५ जना सहभागीहरूले सक्रिय सहभागिता जनाएका थिए।
तालिम समापन समारोहमा आयोजक संस्थाकी अध्यक्ष सावित्री ढकाल, वडा नं. ८ का वडा अध्यक्ष राम पोखरेल तथा प्रशिक्षक कमला कुमारी ढकालले संयुक्त रूपमा सहभागीहरूलाई प्रमाण–पत्र प्रदान गर्नुभएको थियो।
कार्यक्रमको सञ्चालन संस्थाकी सह–सचिव प्रमिला कर्णले गर्नुभएको थियो भने कार्यक्रम संयोजकका रूपमा संस्थाकी सदस्य गीता पोखरेल रहनुभएको थियो। कार्यक्रममा बाला पोखरेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।उपाध्यक्ष प्रबिशा ढकाल , कोषाध्यक्ष ज्ञानु राउत थापा, सदस्य सबिना खतिवडा लगाएत कार्यसमिति हरुको उपस्थिति थियो।
समापन समारोहमा वडा अध्यक्ष राम पोखरेल प्रमुख अतिथिको रूपमा उपस्थित हुनुभएको थियो।   सो अवसरमा संस्थाले उहाँलाई सम्मानस्वरूप ‘मायाको चिनो’ प्रदान गरेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरेलले यस्ता सीपमूलक तथा आयआर्जनमुखी तालिमहरूले महिलाहरू र युवाहरूलाई आत्मनिर्भर बन्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। साथै, तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्दै स्वरोजगार तथा उद्यमशीलतामा जोडिन सहभागीहरूलाई आग्रह गर्नुभयो। उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक बजेट छुट्याएर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
संस्थाले समुदायस्तरमा आयआर्जन र आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले यस्ता कार्यक्रमहरूलाई आगामी दिनमा पनि निरन्तरता दिइने जनाएको

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356