विराटनगरमा ‘हाम्रो प्रयास’ र वडा नं. ८ को संयुक्त आयोजनामा साबुन तथा सर्फ बनाउने तालिम उद्घाटन, १५ जना सहभागी

Logo
भोजराज घिमिरे सोमबार, फाल्गुण ०४, २०८२

विराटनगरमा ‘हाम्रो प्रयास’ र वडा नं. ८ को संयुक्त आयोजनामा साबुन तथा सर्फ बनाउने तालिम उद्घाटन, १५ जना सहभागी
विराटनगर । सामाजिक संस्था हाम्रो प्रयास (Our Effort) र विराटनगर महानगरपालिका–८ को संयुक्त आयोजनामा नुहाउने अर्गानिक साबुन तथा सर्फ बनाउने सम्बन्धी तीनदिने तालिम कार्यक्रमको उद्घाटन गरिएको छ।
विराटनगर महानगरपालिका–८ स्थित बाल पुस्तकालय, हरिर चोकमा सञ्चालन गरिएको उक्त तालिम फाल्गुन ४ गतेदेखि ६ गतेसम्म आयोजना गरिएको हो। तालिममा १५ जना सहभागी रहेका छन्।
तालिमको उद्घाटन वडा नं. ८ का वडा सदस्य एवं कार्यवाहक अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि मोहम्मद अब्बासले गर्नुभएको थियो। कार्यक्रम हाम्रो प्रयास संस्थाकी अध्यक्ष सावित्री ढकालको सभापतित्वमा सम्पन्न भयो।
उद्घाटन कार्यक्रममा हाम्रो प्रयासका सल्लाहकार तथा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका उपाध्यक्ष कुमोद अधिकारी, सल्लाहकार एवं प्रदेश परिषद् सदस्य पत्रकार भोजराज घिमिरे, वडा नं. ८ का जनप्रतिनिधिहरू तथा संस्थाका कार्यसमिति सदस्यहरूको उपस्थिति रहेको थियो।
संस्थाकी उपाध्यक्ष प्रविशा ढकालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन स- सचिव प्रमिला कर्णले गर्नुभएको थियो।
तालिममा सहभागीहरूलाई घरेलु तथा साना उद्यमका लागि आवश्यक अर्गानिक साबुन र सर्फ उत्पादन गर्ने व्यावहारिक सीप प्रदान गरिने आयोजकले जनाएको छ। सहभागीहरूलाई साबुन तथा सर्फ निर्माणका आधारभूत सामग्री, मापन विधि, गुणस्तर नियन्त्रण तथा बजार व्यवस्थापनसम्बन्धी जानकारीसमेत दिइनेछ।
कार्यक्रममार्फत विशेषगरी महिला तथा युवालाई आत्मनिर्भर बनाउने, साना उद्यममार्फत आयआर्जनका अवसर सिर्जना गर्ने उद्देश्य राखिएको अध्यक्ष ढकालले बताउनुभयो।
हाम्रो प्रयासले यस्ता सीपमूलक तालिम कार्यक्रममार्फत समुदायस्तरमा उद्यमशीलता विकास र रोजगारी सृजनामा योगदान पुर्‍याउँदै आएको जनाएको छ। आयोजकका अनुसार आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई हाम्रो प्रयासले यस्ता सीपमूलक तालिममार्फत समुदायस्तरमा उद्यमशीलता विकास र रोजगारी सृजनामा योगदान पुर्‍याउँदै आएको जनाएको छ। आयोजकले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356