दोस्रो पथरी शनिश्चरे भेट्रान्स गोल्डकप–२०८२ को उपाधि उर्लाबारी भेट्रान्सलाई

Logo
भोजराज घिमिरे आइतबार, माघ २६, २०८२

दोस्रो पथरी शनिश्चरे भेट्रान्स गोल्डकप–२०८२ को उपाधि उर्लाबारी भेट्रान्सलाई
पथरी शनिश्चरे समाचारदाता, माघ २४
पथरीमा सञ्चालित दोस्रो पथरी शनिश्चरे भेट्रान्स गोल्डकप–२०८२ को उपाधि उर्लाबारी भेट्रान्स, मोरङले उचालेको छ।
आज शनिबार सम्पन्न भएको प्रतियोगिताको फाइनल खेलमा उर्लाबारी भेट्रान्सले सतिशाले भेट्रान्स, मोरङलाई २–० गोलअन्तरले पराजित गर्दै उपाधि चुमेको हो।
उर्लाबारी भेट्रान्सका निरु लिम्बु र जीवन लिम्बुले खेलको निर्धारित समयको दोस्रो हाफमा गोल गर्दै टिमलाई जित दिलाए।
फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका उर्लाबारी भेट्रान्सका विकास राई ‘भेट्रान्स अफ द म्याच’ घोषित भए।
त्यस्तै, उर्लाबारी भेट्रान्सका गोलकिपर विनोद गौतमले ‘गोल्डेन ग्लोभ’ प्राप्त गरे भने सतिशाले भेट्रान्सका खेलाडी जीवन लिम्बुले ‘गोल्डेन बुट’ र निरु लिम्बुले ‘गोल्डेन बल’ प्राप्त गरेका थिए।
खेल समापन समारोहका प्रमुख अतिथि पथरी शनिश्चरे नगरपालिका वडा नं. २ का वडाध्यक्ष नैना साम्पाङ राई, आयोजक समितिका अध्यक्ष सन्तोष श्रेष्ठ, शैक्षिक अभियन्ता तथा समाजसेवी प्रदीप कुमार राई, वडा सदस्य चन्द्रकुमार राई लगायतले विजेता तथा उत्कृष्ट खेलाडीहरूलाई जनही ५ हजार रुपैयाँ नगदसहित ट्रफी र मेडल प्रदान गरे।
प्रतियोगिताको विजेता उर्लाबारी भेट्रान्सले १ लाख ११ हजार १११ रुपैयाँ नगदसहित मेडल र ट्रफी प्राप्त गर्‍यो भने उपविजेता सतिशाले भेट्रान्सले ५५ हजार ५५५ रुपैयाँ नगदसहित मेडल र ट्रफी प्राप्त गरेको थियो।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356