विराटनगरमा iCAUR V23 इलेक्ट्रिक SUV सार्वजनिक, मेयर नागेश कोइरालाद्वारा अनावरण

Logo
भोजराज घिमिरे बिहिबार, माघ २३, २०८२

विराटनगरमा iCAUR V23 इलेक्ट्रिक SUV सार्वजनिक, मेयर नागेश कोइरालाद्वारा अनावरण
‘Xchange to Upgrade’ क्याम्पसहित आकर्षक अफरको घोषणा
विराटनगर, फेब्रुअरी ५ — विराटनगरको बरगाछीस्थित ओमोडा एण्ड जेकु (Omoda & Jaecoo) शोरुममा आज आयोजित विशेष समारोहका बीच नयाँ पुस्ताको लाइफस्टाइल इलेक्ट्रिक SUV iCAUR V23 औपचारिक रूपमा सार्वजनिक गरिएको छ। विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले प्रमुख अतिथिका रूपमा उपस्थित भई उक्त गाडीको भव्य अनावरण गर्नुभएको हो।
विराटनगरका लागि iCAUR सवारी साधनको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रा.लि. ले सार्वजनिक गरेको यस गाडीको सुरुवाती मूल्य रु. ४९.९९ लाख तोकिएको छ। कार्यक्रममा शारडा ग्रुपका निर्देशक प्रदीप शारडा, SPG अटोमोबाइल्स प्रा.लि. का सहायक महाप्रबन्धक आशिष दाहाल, ग्राहकहरू, अटोमोबाइल क्षेत्रका प्रतिनिधि तथा राष्ट्रिय र स्थानीय सञ्चारमाध्यमका सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
“Born to Play” ट्यागलाइनमा आधारित iCAUR V23 एक रेट्रो–प्रेरित, पूर्ण विद्युतीय अफ–रोड SUV हो, जसले क्लासिक रग्ड डिजाइन र अत्याधुनिक प्रविधिको आकर्षक संयोजन प्रस्तुत गर्दछ। कम्पनीका अनुसार यो मोडल परम्परागत पेट्रोल–चालित SUV हरूको दिगो, वातावरणमैत्री र स्टाइलिश विकल्पका रूपमा बजारमा ल्याइएको हो।
प्राविधिक विशेषताअनुसार iCAUR V23 मा ५९.९३ kWh क्षमताको LFP ब्याट्री र १०० किलोवाट क्षमताको मोटर जडान गरिएको छ। एक पटक पूर्ण चार्ज गर्दा यसले ४०१ किलोमिटरसम्म (CLTC) को रेन्ज प्रदान गर्ने दाबी गरिएको छ। २१० मिलिमिटर ग्राउन्ड क्लियरेन्स, क्लासिक गोलो हेडलाइट र आकर्षक ‘बक्सी (Boxy)’ डिजाइनले यस SUV लाई शहर तथा अफ–रोड दुवै यात्राका लागि उपयुक्त बनाएको छ।
सुविधाका हिसाबले गाडीमा १३.२ इन्चको प्रिमियम इन्फोटेनमेन्ट डिस्प्ले, उन्नत सुरक्षा प्रणाली अन्तर्गत लेभल–२ एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (ADAS), तथा पछाडिको सिट फोल्ड गर्दा ७४४ लिटर क्षमताको विशाल ट्रंक स्पेस उपलब्ध छ।
कार्यक्रममा बोल्दै शारडा ग्रुपका निर्देशक प्रदीप शारडाले विराटनगर आर्थिक तथा औद्योगिक गतिविधिको केन्द्रका रूपमा तीव्र गतिमा विकास भइरहेको शहर भएको उल्लेख गर्दै यहाँका उपभोक्ताले स्टाइल, मजबुती र प्रविधिलाई समान महत्व दिने बताए। iCAUR V23 को आगमनले प्रिमियम लाइफस्टाइल इलेक्ट्रिक सेग्मेन्टमा नयाँ विकल्प थपिएको उनको भनाइ थियो।
यस लन्चसँगै कम्पनीले फेब्रुअरी ६ देखि ९ सम्म सञ्चालन हुने ‘Xchange to Upgrade’ क्याम्पको पनि घोषणा गरेको छ। उक्त अवधिमा iCAUR V23 बुकिङ गर्ने प्रत्येक ग्राहकलाई एक थान MI मोबाइल फोन प्रदान गरिनेछ भने एक जना भाग्यशाली विजेताले चीन भ्रमणको अवसर प्राप्त गर्नेछन्। साथै, ग्राहकहरूका लागि आकर्षक नगद छुट, एक्सचेन्ज बोनस तथा एक वर्षको नि:शुल्क बीमा सुविधा पनि उपलब्ध गराइने कम्पनीले जनाएको छ।
हाल ओमोडा एण्ड जेकुको नेपालभर १८ वटा आधिकारिक आउटलेट र ३० भन्दा बढी फास्ट चार्जिङ स्टेशनको सञ्जाल रहेको छ। कम्पनीले विराटनगरका ग्राहकहरूका लागि iCAUR V23 लाई प्रिमियम इलेक्ट्रिक SUV सेग्मेन्टको भरपर्दो र उत्कृष्ट विकल्पका रूपमा प्रस्तुत गरेको जनाएको छ। प्रि–बुकिङ गरेका ग्राहकहरूका लागि गाडीको डेलिभरी आधिकारिक डिलर नेटवर्कमार्फत तत्काल सुरु गरिने पनि जानकारी दिइएको छ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356