कागजपत्र सुरक्षा र अभिलेख व्यवस्थापनमा लापरवाही अन्त्य गर्न सार्वजनिक सरोकारको पहल

Logo
भोजराज घिमिरे शनिबार, पुष १९, २०८२

कागजपत्र सुरक्षा र अभिलेख व्यवस्थापनमा लापरवाही अन्त्य गर्न सार्वजनिक सरोकारको पहल
काभ्रेपलाञ्चोक । सामुदायिक विद्यालयहरूमा कागजपत्रको असुरक्षा, अव्यवस्थित अभिलेख र दीर्घकालीन संरक्षणको अभाव जस्ता गम्भीर समस्यालाई सम्बोधन गर्न सार्वजनिक सरोकार Public Concern ले महत्वपूर्ण पहल गरेको छ।
सार्वजनिक सरोकार काभ्रेपलाञ्चोक शाखाको समन्वय तथा आयोजनामा पनौती नगरपालिका–४ स्थित वडा भरिकै एकमात्र सामुदायिक माध्यमिक विद्यालय तथा पनौती नगरपालिकाभरिका १२ सामुदायिक माध्यमिक विद्यालयमध्ये एक मात्र महिला प्रधानाध्यापक कार्यरत रहेको श्री वालोद्वार माध्यमिक विद्यालयलाई विद्यालयको मागअनुसार १ थान दराज हस्तान्तरण गरिएको हो।
विद्यालयका महत्वपूर्ण शैक्षिक, प्रशासनिक तथा कानुनी कागजपत्र सुरक्षित राख्न आवश्यक संरचनाको अभाव भइरहेका बेला गरिएको यो सहयोगलाई विद्यालय प्रशासनले समयसापेक्ष र अत्यावश्यक कदमका रूपमा लिएको छ।
सहयोगी हातहरू एकै ठाउँमा
उक्त दराज सार्वजनिक सरोकार Public Concern का काभ्रेपलाञ्चोक जिल्ला संयोजक, लायन्स क्लब अफ काभ्रे मल्पिका चार्टर्डका उपाध्यक्ष, लायन वर्ष २०२३/२०२४ का अध्यक्ष तथा पुण्य माध्यमिक विद्यालयका निवर्तमान प्रधानाध्यापक सरस्वती कणेल,
ललिता टेलर्स की प्रोप्राइटर ललिता कर्माचार्य,
वालकल्याण प्रा.वि. की प्रधानाध्यापक कल्याणी बोहरा,
ललितपुर निवासी समाजसेवी सिद्धराज पाण्डे लगायतको सहयोगमा उपलब्ध गराइएको हो।
औपचारिक हस्तान्तरण कार्यक्रम
मिति २०८२ पौष १८ गते शुक्रबार आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष अर्जुनबहादुर कुँवर र प्रधानाध्यापक मायादेवी श्रेष्ठ लाई दराज औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो।
कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक ज्ञानदास श्रेष्ठ ले गर्नुभएको थियो भने सभापतित्व सार्वजनिक सरोकार काभ्रेपलाञ्चोक जिल्ला संयोजक सरस्वती कणेल ले गर्नुभएको थियो।
गरिमामय उपस्थिति
कार्यक्रममा प्रमुख अतिथिका रूपमा पनौती नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष दीपक दाहाल,
विद्यालय व्यवस्थापन समिति,
लायन्स क्लब अफ काभ्रे मल्पिका चार्टर्डका लायन वर्ष २०२५/२०२६ का प्रथम उपाध्यक्ष राजकुमार श्रेष्ठ,
लायन वर्ष २०२३/२०२४ का अध्यक्ष सरस्वती कणेल,
अभिभावक, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
धन्यवाद र प्रतिबद्धता
कार्यक्रममा सहभागी सबै अतिथि, सहयोगी दाता तथा व्यस्तताका बाबजुद गरिमामय उपस्थिति जनाउनु हुने सम्पूर्ण महानुभावप्रति आयोजक संस्थाले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।
साथै विद्यालय परिवारलाई अभिलेख व्यवस्थापनलाई अझ प्रभावकारी बनाउँदै शैक्षिक सुशासनतर्फ अघि बढ्न शुभकामना समेत व्यक्त गरिएको छ।
— सार्वजनिक सरोकार Public Concern, काभ्रे शाखा

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356