टंकीसिनवारी कृषि उपज बजार सहकारीको २० औँ वार्षिक साधारण सभा सम्पन्न

Logo
भोजराज घिमिरे बिहिबार, पुष १०, २०८२

टंकीसिनवारी कृषि उपज बजार सहकारीको २० औँ वार्षिक साधारण सभा सम्पन्न
विराटनगर । टंकीसिनवारी कृषि उपज बजार व्यवस्थापन सहकारी संस्था लिमिटेडको २० औँ वार्षिक साधारण सभा बिहीबार बुढीगंगा गाउँपालिका–१, मिलन चौकमा सम्पन्न भएको छ।
साधारण सभाको उद्घाटन बुढीगंगा गाउँपालिकाका अध्यक्ष जीतनारायण थापा मगरले पानसमा बत्ती बालेर गरेका थिए। प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै अध्यक्ष थापा मगरले कृषि र सहकारी क्षेत्रलाई आत्मनिर्भर अर्थतन्त्रको मेरुदण्डका रूपमा विकास गर्नुपर्नेमा जोड दिए। उनले स्थानीय उत्पादनको बजार सुनिश्चित गर्न सहकारीको भूमिका अझ प्रभावकारी हुनुपर्ने बताए।
कार्यक्रममा बुढीगंगा गाउँपालिकाकी उपाध्यक्ष अमृताकुमारी गच्छदार, प्रमुख प्रशासकीय अधिकृत तुलराज थापा मगर, विभिन्न वडाका वडा अध्यक्षहरू, गाउँपालिकाका कृषि, सहकारी तथा पशु शाखा प्रमुखहरू, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा सहकारीका शेयर सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
सहकारीका अध्यक्ष भलाकाजी राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष गोविन्दप्रसाद घिमिरेले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सचिव ध्रुवप्रसाद नेपालले संस्था नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।
साधारण सभाले आर्थिक वर्ष २०८१/०८२ को लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन तथा लेखा परीक्षण प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०८२/०८३ का लागि वार्षिक नीति तथा कार्यक्रम अनुमोदन गरेको छ। सभामा लाभांश वितरण, शेयर सदस्य तथा शेयर रकम वृद्धि, विनियम पुनरलेखन, लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणलगायत विषयमा छलफल गरी आवश्यक निर्णय गरिएको सहकारीले जनाएको छ।
साधारण सभाको अवसरमा संस्थामा लामो समयदेखि योगदान पुर्‍याएका जेष्ठ शेयर सदस्यहरूलाई सम्मानसमेत गरिएको थियो। सम्मानित हुने जेष्ठ शेयर सदस्यहरूमा कृष्ण बहादुर के.सी. (सदस्य नं. ७), गणेश के.सी. (सदस्य नं. ७६), वीर बहादुर कार्की (सदस्य नं. ११३), धन बहादुर कार्की (सदस्य नं. ११४), तिलक के.सी. (सदस्य नं. ११५) र अर्जुन कुमार थापा (सदस्य नं. २२०) रहेका छन्।
कार्यक्रमको समापन सहकारीका अध्यक्ष भलाकाजी राईले धन्यवाद ज्ञापनसहित गरेका थिए।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356