अमेरिकी डलरको भाउ घट्यो, अन्य विदेशी मुद्राको विनिमयदर सार्वजनिक

Logo
भोजराज घिमिरे बिहिबार, पुष ०३, २०८२

 


अमेरिकी डलरको भाउ घट्यो, अन्य विदेशी मुद्राको विनिमयदर सार्वजनिक

लगातार बढ्दै ऐतिहासिक विन्दुमा पुगेको अमेरिकी डलरको भाउ बिहीबार घटेको छ। नेपाल राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९२ पैसा कायम गरिएको छ।

बुधबार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९५ पैसा थियो। यसअनुसार बिहीबार अमेरिकी डलरको भाउ १ रुपैयाँ ३ पैसाले घटेको हो। मंगलबार खरिददर १४४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४८ पैसा तथा सोमबार खरिददर १४४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९७ पैसा थियो।

राष्ट्र बैङ्कका अनुसार युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ०८ पैसा र बिक्रीदर १६९ रुपैयाँ ७८ पैसा कायम भएको छ। युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १९३ रुपैयाँ १९ पैसा तथा स्विस फ्र्याङ्क एकको खरिददर १८१ रुपैयाँ ०८ पैसा र बिक्रीदर १८१ रुपैयाँ ८३ पैसा तोकिएको छ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९५ रुपैयाँ ८९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ६५ पैसा र बिक्रीदर १०५ रुपैयाँ ०९ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर १११ रुपैयाँ ६८ पैसा र बिक्रीदर ११२ रुपैयाँ १४ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ २८ पैसा र बिक्रीदर ९ रुपैयाँ ३२ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ४९ पैसा र बिक्रीदर २० रुपैयाँ ५७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६४ पैसा तथा कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३९ रुपैयाँ ६५ पैसा कायम भएको छ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर ४ रुपैयाँ ५८ पैसा र बिक्रीदर ४ रुपैयाँ ६० पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ २९ पैसा र बिक्रीदर ३९ रुपैयाँ ४६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ३० पैसा र बिक्रीदर ३५ रुपैयाँ ४५ पैसा रहेको छ।

साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ७५ पैसा र बिक्रीदर ९ रुपैयाँ ७९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ४५ पैसा र बिक्रीदर १५ रुपैयाँ ५१ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ६३ पैसा र बिक्रीदर २२ रुपैयाँ ७२ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ५५ पैसा र बिक्रीदर १८ रुपैयाँ ६३ पैसा, कुवेती दिनार एकको खरिददर ४७० रुपैयाँ १९ पैसा र बिक्रीदर ४७२ रुपैयाँ १४ पैसा, बहराइन दिनार एकको खरिददर ३८२ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३८४ रुपैयाँ ३८ पैसा तथा ओमनी रियाल एकको खरिददर ३७४ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ४१ पैसा कायम गरेको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको राष्ट्र बैङ्कले जनाएको छ।

 

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356