कार्तिक १५ गतेदेखि दोस्रो आमन्त्रण “इन्ट्रा पथरी शनिश्चरे गोल्डकप” सुरु हुने

Logo
भोजराज घिमिरे मंगलबार, कार्तिक १२, २०८२

कार्तिक १५ गतेदेखि दोस्रो आमन्त्रण “इन्ट्रा पथरी शनिश्चरे गोल्डकप” सुरु हुने

पथरी शनिश्चरे समाचारदाता, कार्तिक ११ गते।
आगामी कार्तिक १५ गतेदेखि २२ गतेसम्म मोरङको पथरी शनिश्चरेमा “अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप–२०८२” हुने भएको छ। प्रतियोगिताको तयारीबारे जानकारी दिन मङ्गलबार हरियाली सामुदायिक वनको सभाहलमा पत्रकार सम्मेलन गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापोले गोल्डकपलाई नगरको पहिचानसँग जोडिएको महत्त्वपूर्ण खेलकुद उत्सवको रूपमा उल्लेख गर्दै यसको सफलताका लागि नगरवासी सबैलाई सहयोग गर्न आग्रह गरे।

आयोजक पथरी–११ फुटबल क्लबका अध्यक्ष सुमन विकका अनुसार उद्घाटन खेल सलहेश युवा क्लब र भारतको सिलीगुडी कञ्चनजङ्घा फुटबल क्लबबीच हुनेछ। विकले काठमाडौंका ए–डिभिजन लिगका तीन टोली सहित स्थानीय क्लबहरूको सहभागितामा प्रतियोगिता सञ्चालन हुने जानकारी दिए।

विजेता टोलीले रु. ५ लाख नगदसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले रु. २ लाख ५० हजार नगदसहित ट्रफी पाउनेछ। प्रत्येक खेलमा ‘म्यान अफ दि म्याच’ घोषणा गरी उत्कृष्ट खेलाडीहरूलाई प्रोत्साहनस्वरूप विधागत पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतियोगिताको दोस्रो खेल इन्ट्रा पथरी–११ फुटबल क्लबब्रिगेड बोइज क्लब ललितपुरबीच हुनेछ। तेस्रो खेलमा कार्तिक १७ गते संकटा क्लबपाँचथर फुटबल क्लब, र चौथो खेलमा १८ गते एनआरटी फुटबल क्लबझापा फुटबल क्लबबीच प्रतिस्पर्धा हुने जानकारी दिइएको छ।

पत्रकार सम्मेलनमा नगर खेलकुद विकास समितिका संयोजक दिपक राई, अखिल नेपाल फुटबल संघ मोरङका सञ्जीव बुढाथोकी, क्लबका कोच अर्जुन बस्नेत, सचिव केशर थुलुङ राईलगायतको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356