हाम्रो फाउन्डेसनद्वारा पथरी शनिश्चरे–१ वडा कार्यालयलाई आवश्यक सामग्री हस्तान्तरण

Logo
भोजराज घिमिरे आइतबार, आश्विन २६, २०८२

हाम्रो फाउन्डेसनद्वारा पथरी शनिश्चरे–१ वडा कार्यालयलाई आवश्यक सामग्री हस्तान्तरण, असोज २६ गते

मोरङको पथरी शनिश्चरे–१ स्थित वडा कार्यालयलाई सञ्चालनमा सहजता ल्याउनका लागि हाम्रो फाउन्डेशन, पथरी शनिश्चरेले आवश्यक फर्निचर तथा सामग्री हस्तान्तरण गरेको छ।

शनिबार एक संक्षिप्त कार्यक्रमबीच नेपालकी प्रथम शंकराचार्य हेमानन्द गिरीको प्रमुख आतिथ्यतामा सामग्री हस्तान्तरण गरिएको हो। कार्यक्रममा उपस्थित रहँदै शंकराचार्य गिरीले हालैको “जिन्जी” नामक आँधीहुरी (आन्दोलन) का कारण वडा कार्यालयमा भएको तोडफोड, आगजनी र चोरीजस्ता घटनापछि उद्धारका प्रयासमा फाउन्डेशनले देखाएको सक्रियता प्रशंसनीय रहेको बताउनुभयो। उहाँले देश–विदेशमा रहेका दानवीर नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले सहयोग उपलब्ध गराएकोमा हार्दिक आभार व्यक्त गर्नुभयो।

“शिक्षा र परोपकार, हाम्रो सरोकार” भन्ने मूल नाराका साथ स्थापन गरिएको उक्त फाउन्डेशनले वडा कार्यालयलाई १ थान अफिस दराज, ३ थान अफिस टेबल, २८ थान प्लास्टिक कुर्सी, ३ थान आधुनिक चेयर, ४ थान थ्री सिटर चेयर, २ थान वाल फ्यान, १ थान स्ट्यान ह्याङ्गरलगायतका सामग्री हस्तान्तरण गरेको हो।

फाउन्डेशनका संयोजक प्रदीप कुमार राईका अनुसार गत भदौ २३/२४ गते आएको विनाशकारी आँधीबेहरीका कारण नगरका भौतिक संरचना ध्वस्त भएका थिए। “वडाको कार्यालयमा पनि आगजनी र तोडफोड हुँदा जनताको सेवा कार्य अवरुद्ध भएकोले आवश्यक सामग्री सहयोग गरिएको हो,” संयोजक राईले बताउनुभयो। उहाँले दशैं–तिहारमा गरिने खर्च कटौती गरी देश–विदेशमा रहेका नेपालीहरूको सहयोगमा सामग्री जुटाइएको जानकारी दिनुभयो।
वडाका जनप्रतिनिधिहरूले यस्ता विध्वंशकारी घटनाहरू पुनः नदोहरिने विश्वास व्यक्त गर्दै सहयोगका लागि सबैप्रति आभार प्रकट गरे। साथै, उनीहरूले जनमुखी सेवामा निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाए।
उक्त कार्यालयबाट २ लाख रुपैयाँभन्दा बढी नगदसहित आवश्यक कागजात, ल्यापटप, प्रिन्टर तथा फर्निचर जस्ता सामग्री नष्ट भएको थियो।
कार्यक्रममा पथरी शनिश्चरे नगरपालिकाका पूर्व मेयर दिलीप कुमार राई, आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का केन्द्रीय उपाध्यक्ष अर्जुन जम्नेली, नगर कार्यपालिका सदस्य वीरधोज शिवा, शान्ति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कुलमणि गुरुङ, वडा सचिव मित्रकला चापागाईं, वडा सदस्यहरू सुरेश कार्की, बसुन्धरा गुरुङ, आरती विक, पथरी–११ फुटबल क्लबका

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356