विराटनगरमा ‘संसारी खबर’ अनलाइन पोर्टल शुभारम्भ : धर्म, संस्कृति र समाजमुखी पत्रकारितामा जोड

Logo
भोजराज घिमिरे बिहिबार, भाद्र १९, २०८२

विराटनगरमा ‘संसारी खबर’ अनलाइन पोर्टल शुभारम्भ : धर्म, संस्कृति र समाजमुखी पत्रकारितामा जोड

विराटनगर । विराटनगरबाट सञ्चालित नयाँ अनलाइन समाचार पोर्टल ‘संसारी खबर’ औपचारिक रूपमा शुभारम्भ भएको छ। नेपाल पत्रकार महासंघ कोशी प्रदेश अध्यक्ष भरत खड्काले उद्घाटन गर्नुभएको यस पोर्टलले धार्मिक, सांस्कृतिक र सामाजिक मूल्य–मान्यतालाई प्राथमिकतामा राख्दै समाचार प्रवाह गर्ने अठोट सार्वजनिक गरेको छ।

शुभारम्भ कार्यक्रममा पूर्वमन्त्री जयराम यादव, वडा नं. ८ का वडाध्यक्ष राम पोखरेल, पत्रकार महासंघ र प्रेस युनियनका पदाधिकारी, पत्रकार, सञ्चारकर्मी तथा सामाजिक अभियन्ताहरूको सक्रिय उपस्थिति थियो।

अध्यक्ष खड्काले तथ्यपरक, जिम्मेवार र समाजलाई मार्गदर्शन गर्ने पत्रकारिताको खाँचो औंल्याउँदै “संसारी खबरले धर्म, संस्कृति र समाजप्रतिको आस्था जगाउने खालका समाचारलाई प्राथमिकता दिने विश्वास दिलाएको छ” भन्नुभयो। पूर्वमन्त्री यादवले विश्वसनीय सूचना, स्वस्थ प्रतिस्पर्धा र संस्कृतिप्रेम लोकतन्त्रकै आधारस्तम्भ भएको जोड दिनुभयो।

‘संसारी खबर’का अध्यक्ष सुनिल यादवले अनलाइन पोर्टललाई धर्म–संस्कृति, मठ–मन्दिर र सामाजिक सद्भावलाई उजागर गर्ने मञ्च बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले राष्ट्रिय, प्रदेशीय र स्थानीय विषयका समाचार सन्तुलित ढंगले प्रस्तुत गर्ने बताए।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356