सङ्खुवासभा, रसुवा र रुकुम पश्चिममा सडक बन्द, सात ठाउँमा एकतर्फी सवारी |

Logo
Red FM शनिबार, साउन १८, २०८२

शनिबार देशभरका विभिन्न राजमार्गहरू बाढी र पहिरोका कारण अवरुद्ध भएका छन्। नेपाल प्रहरीले बिहान १० बजे सार्वजनिक गरेको विवरणअनुसार देशका पाँच स्थानमा सडक पूर्ण रूपमा बन्द भएका छन् भने सात स्थानमा एकतर्फी मात्र सवारीसाधन सञ्चालन भइरहेको छ।

सङ्खुवासभाको भोटखोला गाउँपालिका–८ मा रहेको कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। त्यसैगरी, रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ मा रहेको नेपाल–चीन सीमासम्बद्ध पुल, गोसाइँकुण्ड गाउँपालिका–२ र ३ मा पर्ने पासाङल्हामु सडक खण्ड, र उत्तरगया गाउँपालिका–५ स्थित गल्छी–त्रिशूली–मेलुङ–स्याफ्रु सडक खण्ड पनि पूर्ण रूपमा बन्द छन्।

यस्तै, रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ मा पर्ने जाजरकोट–डोल्पा भेरी करिडोर सडक खण्ड बाढीका कारण पूर्ण रूपमा बन्द भएको छ। यी अवरोधका कारण यात्रा कठिन बनेको छ भने स्थान–स्थानमा सवारीसाधन अलपत्र परेका छन्। प्रहरीले सडक खुलाउने प्रयास जारी रहेको जनाएको छ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356