गैरकानुनी क्रिप्टोकरेन्सी कारोबारमा संलग्न ६ चिनियाँ नागरिकसहित ५२ जना पक्राउ |

Logo
Red FM बिहिबार, आषाढ १९, २०८२

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले गैरकानुनी रूपमा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको अभियोगमा ६ जना चिनियाँ नागरिकसहित ५२ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूमा चीनको गुआन्डोङ प्रान्तका झाङ लुन, चेन जिहाओ, लिन डे, सु झेङ, लिउ झेयुन र झु लिङ्हु रहेका छन्।

CIB का प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार, उनीहरूले नेपालको कानुन विपरीत डेटिङ एप सञ्चालन र क्रिप्टो कारोबार गर्दै आएको पाइएको थियो। अभियुक्तहरूले ललितपुर महानगरपालिका–४, डमकल चोकस्थित एक घर भाडामा लिएर Social Software Development Pvt. Ltd. नामक कम्पनी दर्ता गराई Meto नामको डेटिङ एप र कल सेन्टर सञ्चालन गरिरहेका थिए।

त्यस्तै, काठमाडौं–१३ चागलस्थित अर्को भाडाको घरबाट शाखा सञ्चालन गरी नेपाली महिलाहरूलाई क्रिप्टो कारोबारमा संलग्न गराउने प्रयास गरिएको समेत प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीले उक्त कार्यमा प्रयोग भएको घरबाट नगद रु १३,९९,९५० बरामद गरेको छ, जसको स्रोत अझै पुष्टि भएको छैन।

छानबिनको आधारमा ६ जना चिनियाँ नागरिकविरुद्ध इलेक्ट्रोनिक मुद्रासम्बन्धी अपराध अन्तर्गत मुद्दा दायर भइसकेको छ भने बाँकी ४६ जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356