देशका विभिन्न नदीमा पानीको बहाव तीव्र, काठमाडौँसहित १५ जिल्लामा बाढीको पहेँलो सतर्कता |

Logo
Red FM बिहिबार, आषाढ १९, २०८२

बाढी पूर्वानुमान महाशाखाले आज (बुधवार) देशका विभिन्न नदीहरूमा पानीको बहाव तीव्र रुपमा बढेको भन्दै बाढीको सतर्कता सूचना जारी गरेको छ। काठमाडौँ, ललितपुर, भक्तपुर, बागलुङ, म्याग्दी, पर्वत, बैतडी, दार्चुलालगायतका जिल्लाका साना नदीहरूमा पानीको सतह उल्लेख्य रूपमा बढ्दै गएको छ, जसले गर्दा ती क्षेत्रमा मध्यम खालको आकस्मिक बाढीको सम्भावना उच्च रहेको महाशाखाले जनाएको छ। साथै, संखुवासभा, ताप्लेजुङ, दोलखा, सिन्धुपाल्चोक, गोरखा, लमजुङ, तनहुँ, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुली, गुल्मी, पाल्पा लगायतका जिल्लाहरूमा पनि नदीको बहाव बढ्दै गएकाले मध्यम जोखिम रहेको जनाइएको छ। यसका साथै, झापा, इलाम, पाँचथर, सोलुखुम्बु, रामेछाप, भोजपुर, नुवाकोट, धादिङ, रौतहट, रुकुम पूर्व, दाङ, बर्दिया लगायतका जिल्लाहरूमा भने बहावमा वृद्धि भए पनि बाढीको जोखिम कम रहेको जनाइएको छ। महाशाखाले काठमाडौँसहित १५ जिल्लाका लागि पहेँलो सतर्कता (Yellow Alert) जारी गर्दै नदी आसपासका बासिन्दाहरूलाई सतर्क रहन र आवश्यक सुरक्षा उपाय अपनाउन अनुरोध गरेको छ|

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356