स्वास्थ्य मन्त्री प्रदीप पौडेल ज्वरोका कारण वीर अस्पतालमा भर्ना |

Logo
Red FM आइतबार, आषाढ १५, २०८२

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल शनिबार राति ज्वरो बढेपछि काठमाडौंको वीर अस्पतालमा भर्ना भएका छन्। मन्त्रीको सचिवालयका अनुसार उनी अहिले अस्पतालको भीआईपी क्याबिनमा उपचाररत छन्।

उनी केही दिनदेखि रुघाखोकी, ज्वरो र कमजोरीका लक्षणबाट पीडित थिए। केही दिन घरमै विश्राम गरेपछि पुनः कार्यालय फर्किएका थिए। तर, शुक्रबार थाइल्यान्डको बैंककमा आयोजित मन्त्रीस्तरीय बैठकबाट फर्किएपछि स्वास्थ्य अवस्था फेरि बिग्रिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो।

हाल उनको स्वास्थ्य अवस्था स्थिर रहेको र आवश्यक परीक्षण तथा उपचार भइरहेको बताइएको |

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356