सुनको मूल्यमा एक्कासी ठूलो गिरावट, तोलामा १५ सय रुपैयाँ सस्तो |

Logo
Red FM बुधबार, आषाढ ११, २०८२

विराटनगर, ११ असार — साताको चौथो दिन बुधबार सुनको मूल्यमा एक्कासी ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले घटेको हो। मंगलबार तोलाको १ लाख ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार घटेर १ लाख ९२ हजार रुपैयाँमा झरेको छ।

त्यस्तै, चाँदीको मूल्य पनि घटेर उपभोक्तालाई थप राहत मिलेको छ। मंगलबार तोलाको २ हजार १ सय ६० रुपैयाँ रहेको चाँदी बुधबार २० रुपैयाँ घटेर २ हजार १ सय ४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावको प्रभाव नेपाली बजारमा समेत परिरहेको छ, जसका कारण लगातार बढिरहेको सुनको मूल्यमा गिरावट आएको बताइएको छ। उपभोक्ताहरूलाई केही राहत मिल्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356