विराटनगरको नोबेल अस्पतालमा एक कोरोना संक्रमित महिलाको मृत्यु |

Logo
Red FM मंगलबार, आषाढ १०, २०८२

विराटनगर, असार १० – नोबेल शिक्षण अस्पताल विराटनगरमा मंगलबार बिहान कोरोना संक्रमित एक ३९ वर्षीया महिलाको मृत्यु भएको छ। इलामकी ती महिलालाई अस्पतालमा आँखा लाग्ने समस्या र स्वरासप्रश्वासमा कठिनाइ देखिएपछि बिहान ४:२० बजे आकस्मिक कक्षमा भर्ना गरिएको थियो। अस्पताल प्रबन्धक दिपेश राईका अनुसार, उपचार सुरु हुनु अघि नै करीव बिहान ६ बजे उनको मृत्यु भएको हो।

मंगलबार मात्र झापाको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा गरिएको परीक्षणले कोरोना संक्रमण पुष्टि गरेकोले अवस्था जटिल थियो। त्यसपछि उनलाई थप उपचारको लागि विराटनगर लिइएका हुन्। मृत महिला श्वासप्रश्वासमा समस्या र ज्वरोबाट पीडित थिइन्। मृत्युपछि प्रहरीले आवश्यक प्रक्रिया पुरा गरी शव परिवारको जिम्मा लगाएको छ। मोरङ प्रहरीको समन्वयमा इलाम प्रहरीले शवलाई जिम्मा जनाएको डीएसपी कोपिला चुँडालले पुष्टि गरेकी छन्। कोशी प्रदेशका जनस्वास्थ्य अधिकृत लक्ष्मण खरेलका अनुसार, प्रदेशमा हालसम्म संक्रमितमध्ये ९ जनाको मृत्यु भइसकेको छ।

डीएसपी चुँडालले कोरोना सतर्कतामा कडाइ गर्न नागरिकमा आग्रह गरेकी छन् र प्रहरीले जनचेतना फैलाउन कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिइन्।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356