

बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र नगरपालिका वडा -१० मा समाज सेवि रेशु तामाङको संयाेजनमा लागूऔषध दुर्ब्यसन बिरुद्दको अभियान र यसको नियन्त्रण सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रमको समापन तथा प्रमाणपत्र बितराण कार्यक्रम सम्पन्न भएको छ ।
लागू औसध दुर्ब्यसन बिरुद्दको अभियानमा एक एकजुट भई सबै लागौँ भन्ने मुल नारा सहित बिध्यार्थी लक्षित कार्यक्रम अन्तर्गत जम्मा ४५ जना बिद्यार्थी उपस्थितमा प्रशिक्षण कार्यक्रम गरिएको हो । उक्त कार्यक्रम सभाध्यक्षको रुपमा समाज सेवि रेशु तामाङ रहनु भएको थियो । भने प्रमुख अतिथिको रुपमा बराहक्षेत्र नगरपालिकाको नगर उपप्रमुख नन्द कुमारि सुनुवार रहनु भएको थियो । बिशिष्ट अतिथिको रुपमा नेकपा एमाले बराहक्षेत्र नगर अध्यक्ष सिता भण्डारी पौडेल , प्रशिक्षक एवम् इलाका प्रहरी कार्यलयका इन्चार्ज दिवस कुँवर रहनु भएको थियो । त्यसै गरि अतिथिको रुपमा स्थानिय प्रहरी प्रमुख शैक्षिक राजनैतिक बुद्दिजिबि स्थानिय समाज सेविहरुको उपस्थिति रहेकोे थियो । कार्यक्रम समिर चन्द्रवंशीले सन्चालन गरेका थिए ।