सामुदायिक प्रहरी सेवा केन्द्रद्वारा भव्य सम्मान समारोह सम्पन्न

Logo
भोजराज घिमिरे बिहिबार, आषाढ ०५, २०८२

उद्योग संगठन मोरङका अध्यक्ष, प्रहरी उपरीक्षक र वरिष्ठ पत्रकार भोजराज घिमिरे सम्मानित                     विराटनगर, असार ४ गते — “समुदाय र सुरक्षाबीच सशक्त सहकार्य” भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै सामुदायिक प्रहरी सेवा केन्द्र तीनपैनी, विराटनगरको आयोजनामा एक भव्य र गरिमामय सम्मान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई औपचारिक रूपमा सम्मान गरियो।
समारोहमा उद्योग संगठन मोरङका नवनिर्वाचित अध्यक्ष तथा सामुदायिक सेवा केन्द्रका सल्लाहकार नन्दकिशोर राठी, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नारायण प्रसाद चिमरीया र नेपाल पत्रकार महासंघ कोशी प्रदेश परिषद सदस्य तथा केन्द्रका सचिव भोजराज घिमिरेलाई विशेष सम्मान प्रदान गरियो।
कार्यक्रमको अध्यक्षता सामुदायिक प्रहरी सेवा केन्द्र तीनपैनीकी अध्यक्ष मिना जोशीले गर्नु भएको थियो भने प्रमुख अतिथिको रूपमा उपस्थित हुनु भएका एसपी नारायण प्रसाद चिमरीयाले वर्तमान समयमा शान्ति सुरक्षाको सुधारमा सामुदायिक प्रहरीको भूमिकालाई विशेषरूपमा प्रशंसा गर्नुभयो।
उहाँले भन्नुभयो,
“सुरक्षामा प्रहरी मात्र होइन, समुदायको सक्रिय सहभागिता आवश्यक छ। अघिल्लो वर्षहरूमा मोटरसाइकल चोरीजस्ता घटना प्रशस्त थिए, तर हाल ती घटनामा उल्लेखनीय कमी आएको छ। सामुदायिक प्रहरी सेवा केन्द्रले जनचेतना अभिवृद्धिमा खेलेको भूमिका अत्यन्तै सकारात्मक छ।”

कार्यक्रममा विशेष अतिथिका रूपमा मोरङ चेम्बर अफ कमर्स का अध्यक्ष ,केन्द्र का सल्लाहकार तथा समाजसेवी यादव पोखरेल, समाजसेवी चम्पालाल राठी, बैरा माविकी प्रधानाध्यापक मिनु अधिकारी, समाजसेवी राजेन्द्र रिजाल, शिक्षिका रमा रिजाल, प्रभु बैंकका प्रबन्धक अजय मण्डल, केन्द्रका सल्लाहकार विजय शर्मा, कोषाध्यक्ष सन्तोष बाहेती, सदस्य पद्मा पौडेल र हिरा थापा बिराटनगर माहानगर पालिका वडा न.
२ का वडा सदस्य केन्द्र का शेर सिङ दुगड,केन्द्र का सदस्य सुशील मुन्द्रा लगायत को समेत उल्लेखनीय उपस्थिति थियो।

कार्यक्रमको स्वागत मन्तव्य पुर्बप्रहरी उपरीक्षक केन्द्र का उपाध्यक्ष बिधानन्द माझीले राख्नुभएको थियो। उहाँले सामुदायिक प्रहरी सेवा केन्द्रले स्थापना कालदेखि नै समाजमा सुरक्षा र सामाजिक उत्तरदायित्वका क्षेत्रमा गर्दै आएको क्रियाशीलतालाई उजागर गर्नुभयो। अध्यक्ष मिना जोशीले संस्थाले सुरक्षा, सहयोग र चेतनामूलक गतिविधि सञ्चालन गर्दै आइरहेको र आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गरिने प्रतिवद्धता जनाइन्।

समारोहमा नवनिर्वाचित उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले आफूलाई प्रदान गरिएको सम्मानप्रति आभार व्यक्त गर्दै भन्नुभयो,

“सामुदायिक प्रहरी सेवा केन्द्रको कार्यशैली प्रशंसनीय छ। हामी उद्योग क्षेत्रमा मात्रै होइन, समाज सेवामा पनि जोड दिन्छौं। आगामी दिनमा केन्द्रसँग अझै घनिष्ठ सहकार्य हुनेछ।”

यसै अवसरमा समाजसेवी हरु चम्पालाल राठी , नन्दु ताबडिया ,  पवनकुमार पुरोहित र  देवकी शर्माको पहलमा बैरा माध्यमिक विद्यालयलाई चार वटा पंखा प्रदान गरिएको थियो। उक्त सामग्री विद्यालयकी प्रधानाध्यापक मिनु अधिकारी र शिक्षिका रमा रिजाललाई सामुदायिक प्रहरी सेवा केन्द्रमार्फत हस्तान्तरण गरिएको थियो।

कार्यक्रमको सन्चालन केन्द्रकी पदेन सदस्य तथा प्रहरी हलदार तुलसा खड्काले गरेकी थिइन् भने सहायक हलदार कल्पना कटेलले सहयोगी भूमिका निर्वाह गरेकी थिइन्।

सामुदायिक प्रहरी सेवा केन्द्र तीनपैनीले आयोजना गरेको यो सम्मान समारोहले समाजमा सकारात्मक उर्जा प्रवाह मात्र गरेको छैन, सुरक्षा र सामाजिक सेवा दुबै क्षेत्रका प्रतिनिधिहरूबीच सशक्त सहकार्यको सन्देश पनि दिएको छ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356