उद्योग संगठन मोरङको नयाँ कार्यसमिति गठन, नन्दकिशोर राठी अध्यक्षमा निर्वाचित

Logo
भोजराज घिमिरे शनिबार, जेठ ३२, २०८२

विराटनगर, जेठ ३१ –
उद्योग संगठन मोरङको ५२औं साधारण सभाले नन्दकिशोर राठीलाई आगामी दुई वर्षका लागि अध्यक्षमा निर्वाचित गरेको छ। राठी नेतृत्वमा कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको हो।

संगठनको वरिष्ठ उपाध्यक्षमा भोलेश्वर दुलाल, प्रथम उपाध्यक्षमा सुरेन्द्र गोल्छा, द्वितीय उपाध्यक्षमा विपिन काबरा र तृतीय उपाध्यक्षमा सुबोध कोइराला चयन भएका छन्। त्यस्तै, कोषाध्यक्षमा पारस लुनियाँ निर्वाचित भएका छन्।

नवगठित कार्यसमितिमा सदस्यहरूका रूपमा दीपककुमार अग्रवाल, जयेन्द्रकुमार शर्मा, सन्तोषकुमार भगत, सिद्धार्थ काबरा, सृजन प्याकुरेल, उकेश अग्रवाल, सौरभ शारडा र वीरेन्द्र राठी चयन भएका छन्।

उद्योग संगठन मोरङ कोशी प्रदेशको सबैभन्दा ठूलो व्यवसायिक संस्था हो, जसले निजी क्षेत्रको हित र व्यवसाय प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ। नयाँ कार्यसमितिले उद्योग वाणिज्य क्षेत्रको समस्या समाधान र अवसर सिर्जनामा विशेष ध्यान दिने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356