स्थानीय व्यवसाय परामर्शदाताको क्षमता अभिवृद्धि तालिम सम्पन्न

Logo
भोजराज घिमिरे शनिबार, जेठ ३२, २०८२

विराटनगर, जेठ ३० – नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र उदय परियोजनाको सहकार्यमा आयोजित “स्थानीय व्यवसाय विकास परामर्शदाताहरूको क्षमता विकास तालिम” शुक्रबार सम्पन्न भएको छ।

तालिममा साना तथा मझौला उद्योगहरूको व्यवसाय प्रवर्धनमा व्यवसाय परामर्शदाताहरूको भूमिका, व्यावसायिक योजना तयारी, लोन एप्लिकेसन, सञ्चार समन्वय, नैतिक मूल्य (इथिकल स्ट्यान्डर्ड), लैङ्गिक तथा सामाजिक समावेशिता, तथ्यांक संकलन र नतिजा मापनलगायतका महत्वपूर्ण विषय समावेश गरिएको थियो। साथै, उदय परियोजनाको कार्यक्षेत्र र उद्देश्यबारे सहभागीहरूलाई जानकारी दिइएको थियो।

समापन समारोहमा बोल्दै कन्काई उद्योग वाणिज्य संघका महासचिव सरोज सिटौंलाले तालिमबाट साना तथा मझौला उद्यमीहरूलाई व्यवसाय प्रवर्धनमा सघाउन स्थानीय परामर्शदाताहरू सक्षम हुने विश्वास व्यक्त गर्नुभयो। खोटाङ उद्योग वाणिज्य संघका प्रतिनिधि मदनबहादुर तामाङले तालिमले व्यवसायिक योजना बनाउन सिकाएको बताए। उता, धनकुटा उद्योग वाणिज्य संघकी सहभागी साङ्घेन्मा राईले महिला उद्यमीहरूको सशक्तिकरणमा तालिम उपयोगी भएको प्रतिक्रिया दिनुभयो।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै महासंघले जिल्ला र नगर उद्योग वाणिज्य संघहरूको क्षमता विकासमा निरन्तर काम गरिरहेको उल्लेख गर्नुभयो। साथै, आगामी दिनमा स्टार्टअप सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने जानकारी समेत दिनुभयो।

समापन कार्यक्रममा उदय परियोजनाका बीडीएस लिड विष्णु काफ्लेले यस्तो खालको तालिमले कोशी प्रदेशका साना तथा मझौला उद्योग व्यवसाय प्रवर्द्धनमा थप सहजता ल्याउने विश्वास व्यक्त गर्नुभयो।

तालिममा कोशी प्रदेशका विभिन्न जिल्ला र नगर उद्योग वाणिज्य संघका ३० जना प्रतिनिधिको सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356