चिसापानी–देउराली–बनिडाँडा सडकमा कालोपत्रको तीव्रता, १५ वर्षपछि ट्र्याक खुलेको सडकमा कालोपत्र सुरु |

Logo
Red FM बिहिबार, जेठ ३०, २०८२

चिसापानी–देउराली–बनिडाँडा सडक खण्डमा अहिले कालोपत्रको काम तीव्र गतिमा भइरहेको छ। सडक ट्र्याक खुलेको १५ वर्षपछि बल्ल कालोपत्र सुरु भएको हो।

स्थानीय पूर्वाधार विकास कार्यालयका अनुसार संघीय सरकारले विनियोजन गरेको १ करोड रुपैयाँको लागतमा कालोपत्रको काम भइरहेको छ।

गत वर्ष नै यस सडकमा संरक्षण पर्खाल (रेटेनिङ वाल), वर्षा पानी निकास प्रणाली (ड्रेन), ग्याबियन वाल भर्ने काम र कल्भर्ट राख्ने काम पूरा गरिएको थियो।

सडक स्तरोन्नतिसँगै यो मार्ग हुँदै वालिङ–हुवास सडकसम्म पुग्न स्थानीय बासिन्दालाई सहज भएको छ। स्थानीय पूर्वाधार विकास कार्यालयका इन्जिनियर रवि पन्थीका अनुसार यो आर्थिक वर्षभित्रै कालोपत्रको सम्पूर्ण काम सम्पन्न हुनेछ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356