अमेरिकामा साना व्यवसायहरूमा अझै उच्च अनिश्चितता, तर आशावादमा थोरै सुधार |

Logo
Red FM बुधबार, जेठ २९, २०८२

वासिङटन — अमेरिकामा साना व्यवसायीहरूबीच मे महिनामा अझै पनि उच्च स्तरको अनिश्चितता रहेको नेशनल फेडेरेसन अफ इन्डिपेन्डेन्ट बिजनेस (NFIB) ले मंगलबार सार्वजनिक गरेको तथ्यांकले देखाएको छ।

“मे महिनामा आशावादमा थोरै सुधार देखिए पनि साना व्यवसायीहरूमा अनिश्चितता अझै उच्च स्तरमै छ,” NFIB का प्रमुख अर्थशास्त्री बिल डन्केलबर्गले भने। “मुख्य अनिश्चितताहरू समाधान नभएसम्म अर्थतन्त्रले यसरी नै अल्मलिँदै जानेछ, तर व्यवसायीहरूले व्यवसायिक अवस्था र बिक्री वृद्धिका बारेमा सकारात्मक अपेक्षा जनाएका छन्।”

NFIB साना व्यवसाय आशावाद सूचकांकअनुसार, मे महिनामा १ प्रतिशत साना व्यवसायीहरूले आफ्ना हालका स्टकहरू “धेरै कम” रहेको बताएका छन्, जुन अघिल्लो महिनाको तुलनामा ७ अंकले बढी हो र सन् २०२२ को अगस्टयता सबैभन्दा उच्च दर हो।

यो वृद्धिले NFIB सर्वेक्षणको इतिहासमै सबैभन्दा ठूलो मासिक वृद्धिको संकेत गरेको छ। व्यवसायिक अवस्थाबारे सुधार हुने अपेक्षा गर्ने साना व्यवसायीहरूको नेट प्रतिशत १० अंकले वृद्धि भएर २५ प्रतिशत पुगेको छ।

वास्तविक बिक्री मात्रा बढ्ने अपेक्षा गर्ने व्यवसायीहरूको नेट प्रतिशत ११ अंकले वृद्धि भई १० प्रतिशत पुगेको छ, जुन यसपटकको आशावाद सूचकांकमा सबैभन्दा ठूलो योगदान दिने तत्व भएको NFIB ले जनाएको छ।

यो सब राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा लिएको व्यापक टैरिफ (आयात कर) नीति लागू भइसकेको अवस्थामा भएको हो |

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356