

काठमाडौं — देशका पश्चिमी तथा मध्य भागमा पश्चिमी र स्थानीय हावाको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भागमा मनसुनी हावाको प्रभाव देखिएको जल तथा मौसम पूर्वानुमान विभागले जानकारी दिएको छ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
त्यस्तै, देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको पनि सम्भावना रहेको जनाइएको छ।
आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको विभागको भनाइ छ।
उच्च पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना राति पनि कायम रहने विभागले जनाएको छ।