बाग्लुङलाई तेक्वान्दो च्याम्पियनसिपको उपाधि, भक्तपुर र रुपन्देहीले गरे उत्कृष्ट प्रदर्श

Logo
भोजराज घिमिरे बिहिबार, जेठ २३, २०८२

बाग्लुङलाई तेक्वान्दो च्याम्पियनसिपको उपाधि, भक्तपुर र रुपन्देहीले गरे उत्कृष्ट प्रदर्

मोरङको कानेपोखरी गाउँपालिकामा सम्पन्न १०औं राष्ट्रिय सि.एच. आईटिएफ तेक्वान्दो च्याम्पियनसिपच्याम्पियन उपाधि बाग्लुङ जिल्लाले हात पारेको छ।

कानेपोखरी–६ स्थित जनसेवा माध्यमिक विद्यालयको प्राङ्गणमा १७ गते सम्पन्न समापन समारोहमा बाग्लुङले २० स्वर्ण पदक जित्दै च्याम्पियन बन्ने गौरव प्राप्त गर्‍यो। साथमा बाग्लुङले १५ हजार नगद, ट्रफी र मेडल प्राप्त गर्‍यो।

प्रतियोगिता कोशी प्रदेश सि.एच. आईटिएफ तेक्वान्दो संघको आयोजनामा पहिलोपटक कानेपोखरीमा आयोजना गरिएको हो।

भक्तपुर जिल्ला: १४ स्वर्ण पदक जित्दै फस्ट रनरअप, १० हजार नगदसहित ट्रफी र मेडल प्राप्तरुपन्देही जिल्ला: ४ स्वर्ण पदक जित्दै सेकेन्ड रनरअप, ५ हजार नगद र ट्रफी प्राप्तमोरङ: २ स्वर्ण जित्दै चौथो स्थानतेह्रथुम, कास्की र नवलपरासी: जनही १ स्वर्ण पदक जिते

वेस्ट प्लेयर (सिनियर पुरुष)आयन श्रेष्ठ (भक्तपुर) – २ स्वर्ण, १ रजत

वेस्ट प्लेयर (जुनियर पुरुष)प्रिन्सि दर्लामी (रुपन्देही) – १ स्वर्ण, १ कास्य

वेस्ट प्लेयर (सिनियर महिला)रेसा थापा (भक्तपुर) – २ स्वर्ण

वेस्ट प्लेयर (जुनियर महिला)रेणी शाही (भक्तपुर) – ३ स्वर्ण

अनुशासित टोलीतेह्रथुम जिल्ला, ट्रफी र मेडलसहित सम्मानित

१२ जिल्लाका ३२५ खेलाडीहरू सहभागी थिए। खेलहरू महिला र पुरुष दुबैका लागि २० केजीदेखि ८० केजी तौल समूहसम्म गरिएका थिए। ग्रुप प्याटन सिनियर तथा जुनियर वर्गमा प्रतिस्पर्धा गरिएको थियो।

निर्णायक: आस्मा श्रेष्ठ, नितेन कुमार रौनियार, रगुन श्रेष्ठ, कृष्ण कुमार थापा मगर, दीपेन्द्र बुढा मगर
रेफ्री: सनिल तामाङ, सन्देश घर्ति, जीवन रसाइली, प्रियङ्का सुनार, निस्तुला शर्मा, सुजन बुढा मगरलगायत १५ जना

प्रमुख अतिथि: राजमती इङ्नाम (अध्यक्ष, कानेपोखरी गाउँपालिका)
विशिष्ट अतिथि: भोला प्रसाद अधिकारी (उपाध्यक्ष), बुशल बुढा मगर (केन्द्रीय अध्यक्ष, नेपाल चाङ हुन सिएच आईटिएफ), खड्ग बस्नेत, चरण गुरुङ, शुशिला श्रेष्ठ
सञ्चालन: सचिव दिनेश सुब्बा
सभापतित्व: अध्यक्ष युवराज भुजेल
स्वागत मन्तव्य: अशोक फुयल (उपाध्यक्ष, कोशी प्रदेश)

  • माउण्ट हर्मोन चिल्ड्रेन एकेडेमी – च्याम्पियनसिपको मुख्य प्रायोजक
  • जेनिथ इङ्लिस स्कुल – फस्ट रनरअपको प्रायोजक

कार्यक्रममा विभिन्न जिल्ला तेक्वान्दो संघका अध्यक्षहरू, स्थानीय जनप्रतिनिधि, समाजसेवी, विद्यालय प्रमुखहरू तथा खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। निर्णायक तथा रेफ्रीहरूलाई मायाको चिनो र प्रमाणपत्र प्रदान गरिएको थियो

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356