“हाम्रो प्रयास”द्वारा अर्गानिक साबुनदेखि ह्याण्डवास बनाउने सीपमूलक तालिम सुरु

Logo
भोजराज घिमिरे बिहिबार, जेठ २३, २०८२

“हाम्रो प्रयास”द्वारा अर्गानिक साबुनदेखि ह्याण्डवास बनाउने सीपमूलक तालिम सुरु
विराटनगर, । भोजराज घिमिरे
विराटनगर–७ मा अवस्थित सामाजिक संस्था “‘हाम्रो प्रयास’को आयोजनामा नुहाउने अर्गानिक साबुन, सर्फ, लिक्विड झोल, फिनेल र ह्याण्डवास (हर्पिक) बनाउने एक साताको सीपमूलक तालिम सुरु भएको छ।
विराटनगर महानगरपालिका वडा नं. १ को सहकार्यमा आयोजना गरिएको तालिमको उद्घाटन वडा कार्यालय भवनमै जेठ २१ गते एक विशेष कार्यक्रमबीच गरिएको हो। तालिम जेठ २१ देखि २७ गतेसम्म सञ्चालन हुनेछ।
तालिमको उद्घाटन प्रमुख अतिथि वडा नं. १ का अध्यक्ष काजी बहादुर बस्नेतले पञ्चदीप प्रज्वलन गरेर गरेका थिए। उनले सहभागीहरूलाई सीप सिकेर स्वरोजगार बन्न प्रेरित गर्दै भने, “यो तालिम केवल प्रमाणपत्रका लागि होइन, तपाईंहरूले सिकेको कुरा व्यवहारमा उतार्नुस्। उत्पादन गर्नुस्, हामी बजार व्यवस्थापनमा साथ दिन्छौं। आत्मनिर्भर बन्ने बाटो यही हो।”
कार्यक्रमको अध्यक्षता संस्थाकी अध्यक्ष सावित्री ढकालले गर्नुभएको थियो। संस्थाकी सदस्य गीता पोखरेल तालिम कार्यक्रमको संयोजक रहनुभएको छ। स्वागत मन्तव्य स-सचिव प्रमिला कर्णले राखेकी थिइन् भने कार्यक्रम सञ्चालन सचिव बाला पोखरेलले गरेकी थिइन्। हाम्रो प्रयास उपाध्यक्ष प्रबिशा ढकाल लगाएत कार्यसमिति का सदस्य हरु को समेत उपस्थित थियो ।
तालिममा १५ जना महिला सहभागी रहेका छन्। प्रशिक्षक झापा जिल्लाकी बेद कुमारी सुवेदीले सहभागीहरूलाई घरमै सजिलै बनाउन सकिने अर्गानिक र सरसफाइजन्य सामग्रीहरू उत्पादन गर्ने व्यावहारिक तालिम दिइरहेकी छन्।

  • तालिमको उद्घाटन कार्यक्रममा हाम्रो प्रयास का सल्लाहकार नेपाल पत्रकार महासंघ कोशी प्रदेशका उपाध्यक्ष कुमोद अधिकारी र वरिष्ठ पत्रकार भोजराज घिमिरे, समाजसेवी राजन न्यौपाने, किशोर बस्नेत र मोहन कर्णकार्की बिराटनगर माहानगर पालिका १ का सचिब सुमन दाहाल लगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो। अतिथिहरूले यस्ता सीपमूलक तालिमहरूले महिलालाई आत्मनिर्भर बनाउने विश्वास व्यक्त गरे।
    संस्थाकी अध्यक्ष सावित्री ढकालका अनुसार, **‘हाम्रो प्रयास’**ले विगतदेखि नै बाढीपीडितलाई राहत वितरण, जाडोमा कम्बल तथा लत्ता वितरण, र विभिन्न व्यावसायिक सीप तालिम जस्ता सामाजिक कार्यहरू गर्दै आएको छ। आगामी दिनमा यस्ता तालिमहरू अन्य वडाहरूमा पनि विस्तार गर्ने योजना रहेको संस्थाले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356